पार्टीको कार्यक्रममा प्रदेश प्रमुख प्रमुख अतिथि



हाम्रो इकोनोमि

 

कम्युनिष्ट पार्टीको आन्दोलनको विषयसँग जोडिएको कार्यक्रममा प्रदेश प्रमुख नै प्रमुख अतिथि बन्छन् भने त्यसको अर्थ के हुन्छ?

मदन भण्डारी फाउण्डेसन सुदूर पश्चिम प्रदेशले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगे प्रदेश प्रमुख मोहनराज मल्ल। ‘कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण र मदन भण्डारीको भूमिका’ माथि आयोजना गरिएको विचार गोष्ठीमा उनी सहभागी भएपछि प्रदेश प्रमुख या राजनीतिक दलको कार्यकर्ताको हैसियत एकै हो त भन्ने प्रश्न खडा भएको छ।

संविधानले प्रदेश प्रमुखको व्यवस्था गर्दा नेपाल सरकारका प्रतिनिधिका रुपमा परिकल्पना गरेको छ। राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ, प्रदेश प्रमुखको। प्रदेशको ‘राष्ट्रपति’ जस्तो भूमिकामा परिकल्पना गरिएको प्रदेश प्रमुख कुनै एउटा पार्टी वा त्यसको गुटको भेलासँग जोडिँदा त्यसले कस्तो असर पार्छ?

संविधानको भाग १३, धारा १६६ मा प्रष्ट रुपमा भनिएको छ – संविधान वा कानून बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक प्रदेश प्रमुखबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य प्रदेश मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ। त्यस्तो सिफारिस र सम्मति मुख्यमन्त्री मार्फत पेश हुनेछ।

यतिखेर प्रश्न उठेको छ – के यस्तो कार्यक्रममा जानका लागि प्रदेश मन्त्रिपरिषदले सिफारिस गरेको हो?

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...