प्रधानमन्त्री ओलीले भने आइफा अवार्ड काठमाडौंमा नै हुन्छ



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आइफा अवार्ड गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्। अनुकुल समय पारेर सो अवार्ड गरिने उनले बताए। ओलीले आइफा अवार्ड रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गरे।

प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो निर्देशन सरकारलाई मान्य नहुने बताए। नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्न लागेको ओलीको भनाइ छ।

‘देशका लागि राम्रो र फाईदाजनक हुने भो भने अनुकूल समय मिलाएर सो अवार्ड आयोजना गर्न सरकार तयार छ,’ ओलीले भने ‘राष्ट्रलाई हानी हुने गरेर सो अवार्ड आयोजना हुँदैन।’

छलफलको क्रममै रहेको सो अवार्ड आयोजना गर्ने विषयलाई ‘सर्वनाश हुने भो’ भनी प्रचार गर्ने काम संसदीय समितिले गरेको उल्लेख गर्दै उनले असन्तुष्टि व्यक्त गरे। संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सो अवार्ड राष्ट्रको हितमा नरहेको भन्दै आयोजना नगर्न सरकारलाई निर्देशन दिएको थियो। संसदीय समितिको सो निर्देशन उचित नभएको प्रधानमन्त्री ओलीको दावी छ।

प्रधानमन्त्री ओलीले सरकार विरोधीहरुबाट विचलित नभई मुलुकलाई समृद्ध बनाउने अभियानमा लागिरहने बताए। समाजवादी पार्टी, नेपालका असन्तुष्ट नेताहरु कल्पना धमला, देवेन्द्र पराजुलीलगायतका नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै उनले काठमाडौंमा माक्स लगाउन नपर्ने आफ्नो अभिव्यक्तिको पनि बचाउ गरे।

आफूले केही दिन अघि काठमाडौंको बाटोमा सुधार आएकाले माक्स नलगाई पनि हिँडन सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले माक्स लगाएर हिँडन थालेको बताए। ‘मेरो सो अभिव्यक्तिपछि केहीले विरोधका लागि माक्स लगाएर हिँडन थालेका छन्’ प्रधानमन्त्री ओलीको दावी थियो, ‘माक्स लगाउने बानी राम्रै हुन्छ, मेरो रिसले भए पनि माक्स लगाउने बानी रामै्र हुन्छ, यसले काठमाडौंको बाटो सफा गर्ने सरकारको काम रोकिदैन।’

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...