मोदीलाई रविले हिन्दीमै थर्काएपछि…(हेर्नुहोस् भिडियो)



 

हाम्रो सीमा नाकामा फलफूल र तरकारी बोकेका भारतीय गाडी रोकिएका छन् । नेपाल सरकारले विषादी मिसाइएका तरकारी फलफूल नेपाल भित्र्याउन नपाउने गरी परीक्षण गरे मात्रै ल्याउन पाउने बनाएपछि नेपाल स्थित भारतीय दुतावासले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रायललाई पत्र लेख्दै सीमा नाकामा आइपुगेको भारतको कृषीजन्य उत्पादन बोकेको सवारी साधन नरोक्न आग्रह गरेछ ।

 

आग्रह मात्रै होइन दुतावासले भनेको छ कि क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्रा्ष्ट्रिय वनस्पती सुरक्षा महासन्धी अनुसार सीमा नाकामा भारतीय तरकारी र फलफूल बोकेका सवारी साधन रोक्न मिल्दैन रे ।

 

त्यो अन्तर्रा्ष्ट्रिय महासन्धी कहाँ छ ? के–के लेखिएको छ ? भेट्टाउन सकिएन तर, राजपत्रमा प्रकाशित यो सूचना चाँही जान्नेले भारतीय दुतावासलाई हिन्दीमा उल्था गरेर बताइदिए हुन्छ, जहाँ स्पष्ट लेखिएको छ ताजा तरकारी र फलफुल पैठारी गर्दा सम्बन्धित भन्सार बिन्दुमा क्वारेन्टाइन् र विषादीको परीक्षण अनिर्वाय रुपमा गरेर मात्र गर्नुपर्नेछ ।

 

हाम्रो नियम, हाम्रो कानून र त्यो भन्दा पनि ठूलो हाम्रो स्वास्थ्यमा भारतीय दुतावासको हस्तक्षेप किन ? बिष हालेको तरकारी र फलफुल खाएर हामी नेपालीहरु रोगी हुनु ? नेपाल सरकारलाई बिषेष गरेर उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई धेरै–धेरै धन्यवाद !

 

आफ्ना नागरिकको स्वास्थ्यलाई ध्यानमा राखि विना परीक्षण नेपाल भित्रिने तरकारी र फलफुल रोकेकोमा । सरकराले गरेको यो राम्रो काम मात्र होइन अति नै राम्रो काम हो । निकासी पैठारी आदेशमा हालसालै भएको यो संसोधन कार्यान्वयनमा आएकोमा हामी नेपालीले खुसी हुनुपर्छ ।

 

विषादीको परीक्षण अनिवार्य गर्नुपर्ने यो व्यवस्था अझ कडाईका साथ पालना होस् । जानकारीमा आए अनुसार भारतीय दुतावासका कर्मचारी स्वयमं आपूर्ती मन्त्रालयमा गई बिषादी परीक्षणको पुर्वाधार नै नभएको अवस्थामा यसरी कडाई गरिनु औचित्यपूर्ण नभएको बताएछन् ।

 

परीक्षण पूर्वाधार नभएको होइन, बरु त्यो दिन मन्त्रालयमा हाम्रा आपूर्तीमन्त्री नभएको अथवा ट्वाइलेट खाली नभएको चाँही होला । ती कर्मचारीलाई कसैले बताइदिएछन् कि हाम्रा आपूर्तीमन्त्रीलाई झोँक चल्यो भने चर्पीमा मान्छे थुनिदिन्छन् । कुनै बेला नेपाली अदुवालाई बिषादी परीक्षणका नाममा कति समय रोकियो ।

 

हाम्रा किसानले खेप्नु परेको मर्का बारे भारतीय दुतावास जानकार त होला नि ? त्यत्रो नाकाबन्दीमा नझुकेका हामी नेपाली बिषादी चेक नगरी आएको तरकारी, फलफुल नखाई बाँच्न सक्दैनाँै र ? सक्छौँ, र सरकार, मन्त्री, प्रधानमन्त्री नै फेर्न सक्ने तागत भएको भनेको सुनिएको भारतीय दुतावासँग जनताको स्वास्थ्यमा सौदाबाजी नहोस् ।

 

मन्त्री फेरिए केही हुन्न, प्रधानमन्त्री फेरिए पनि केही हुन्न तर, बिष हालेको तरकारी–फलफुल खाएर रोगी हुनु छैन । कृषीप्रधान देशका युवाले अर्काको देशमा गएर अत्याधुनिक कृषी सिकेर तरकारी उमार्नु परेको तर आफ्नो देशका खेतबारी बाँझै रहेको पीडा एकातिर छ ।

 

आफ्ना जनतालाई दुई छाक तरकारी खुवाइवरी उनका देश तिर पनि रहल–पहल पठाउन सक्ने हैशियत भएको देश आज यो अवस्थामा पुगेको छ । त्यो किन र कसरी भयो भन्ने तिर गए यो बिषय लामो हुन जान्छ । तर विना बिषादी परीक्षण भारतको मात्र होइन कुनै पनि देशको खाद्यन, तरकारी फलफूल नेपाल भित्रन दिनु हुँदैन ।

 

हो परीक्षण गर्ने प्रविधि, जनशक्ति समयानुकुल छरितो र चुस्त हुनुपर्छ । त्यसमा सरकारले ध्यान दिनु पर्छ । सिस्टम समयानुकुल अपडेट हुनुपर्छ । भारतीय दुतावासको अर्को पनि तर्क छ कि नेपालबाट भारत जाने तरकारी फलफूलमा भारतीय पक्षले नियमित बिषादी चेकजाँच गर्दैन भने नेपालले किन गर्छ ।

 

नेपालबाट जाने तरकारी फलफूलमा बिषादी चेक गर्नु–नगर्नु त्यो भारतको कुरा हो । उसले किन गरेन त्यसको चिन्ता हामीले लिने होइन तर हाम्रा नागरिक बिषादी चेक नगरिएका तरकारी फलफूल खान बाध्य नपारिउन । र अन्त्यमा भारतबाट आउने मात्र होइन, यही उत्पादन हुने तरकारी–फलफूल पनि केही नाफाखोरहरुले बिषादी प्रयोग गरिरहेका हुनसक्छन् ।

 

उपाभोक्ताले खरिद गर्नु अगावै त्यसको पनि चेक जाँच हुनुप¥यो । बजारमा किनेर ल्याएको तरकारी फलफूललाई सामान्य रुपमा धोइ पखाली दिल खोलेर पकाएर वा काँचै खान सकिन्छ ? यो प्रश्न घर–घरको प्रश्न हो । देशका कृषीमन्त्री ज्यूलाई कुनै दिन तपाईका तर्फबाट यो सोध्ने छु ।

 

अहिलेलाई यत्ति भन्छु कि नाकामा बिषादी नाप्ने उपकरण छैन भनेर सीधै हाम्रो घरको भान्सामा बिषाक्त तरकारी फलफूल नआओस् । उपकरण ल्याइयोस । चेक गरियोस् र पास भएपछि मात्र भित्र्याइयोस ।

 

उपकरण चेकपोष्टमा नल्याउन्जेल चेक नगरी तरकारी फलफूल पठाउन भनेर भारतीय दुतावासले दबाब दिन्छ भने त्यस्ता तरकारी, नाकाबाट सीधै भारतीय दुतावास ल्याए हुन्छ । ठूलो फ्रिजमा राखे हुन्छ, छाकै पिच्छे उहाँहरुले नै भेराइटी भेराइटीका तरकारी र फलफूल खाए हुन्छ । हामी चाँही खाँदैनौं ।

 

प्रतिक्रिया दिनुहोस
मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

प्रधानमन्त्रीविरुद्ध नक्कली कागजात तयार गरीयो : महासचिव पोखरेल

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको यस्तो आग्रह

  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप