लालबाबु पण्डितले भने : एउटा नासुको सरुवा गर्न ३२ सांसदको ताँती



हाम्रो इकोनोमि

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवाका लागि सांसदहरु नै सवै काम छाडेर धाउने गरेको रहस्य खोलिदिनुभएको छ । संघीय संसदको आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मन्त्री पण्डितले सो रहस्य खोल्नुभएको हो ।

 

संघीय निजामती विधेयकमाथिको छलफलको क्रममा मन्त्री पण्डितले एक जना नायब सुब्बा (नासु) सरुवाका लागि ३२ जनासम्म सांसद आफूकहाँ भनसुनका लागि आएको बताउनु भयो । ‘एउटा नायब सुब्बालाई सरुवा गर्न ३२ जना माननीयसम्म आउनुभयो,’ कर्मचारीले कतिसम्म सांसदहरुलाई दुरुपयोग गराउँछन भन्ने तथ्य राख्दै मन्त्री पण्डितले भन्नुभयो ।

 

राज्यब्यवस्था समितिले लोकसेवा आयोगले निकालेको बिज्ञापन रद्ध गर्न निर्देशन दिएपछि निकै आक्रोशित हुनुभएका मन्त्री पण्डित आजको छलफलमा भने निकै सालिन ढंगले प्रस्तुत हुनुभएको थियो । सर्वाेच्च अदालतले सो निर्देशन संबिधानबिपरित रहेको आदेश दिइसकेको छ । अदालतले लोकसेवाको बिज्ञापन संबिधानसम्मत रहेको भन्दै सरकार र मन्त्रीबिरुद्धको सवै हतियार निश्प्रभावी बनाएको हो ।

 

बैठकमा सत्तारुढ नेकपा सांसद जनार्दन शर्माले सोर्स फोर्स लगाएर कर्मचारी सरुवा गर्ने पद्धति हटाउन विधेकयमा नै व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । ‘सबैले सोर्स फोर्स लगाउने, सत्तापक्षले पनि लगाउने प्रतिपक्षीले पनि लगाउने, पूर्व मननीयले पनि लगाउने यही हाम्रो कमजोरी छ, यसलाई सुधार गर्नुपर्छ,’ शर्माको भनाई थियो ।

 

छलफलको क्रममा मन्त्री पण्डितले कर्मचारीलाई काककाजी बनाएर सोर्सफोर्समुक्त निजामति प्रशासन बनाउने बिद्येयकमा स्पष्ट ब्यवस्था रहेको जानकारीसमेत गराउनु भएको छ ।

 

सांसद दीपक मनांगे भोलि नेकपामा प्रवेश गर्ने, यस्तो छ तयारी

 

तत्कालीन एमालेको सहयोगमा चुनाव जितेका सांसद राजिन गुरूङ (दीपक मनांगे) भोलि नेकपामा प्रवेश गर्ने भएका छन ।  मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशका लागि निर्वाचित भएका एक मात्र स्वतन्त्र सांसद मनाङे बिहीबार नेकपामा प्रवेश गर्न लागेका हुन ।

सांसद गुरुङलाई बिहीबार जिल्ला पार्टी कार्यालय कास्कीमा नेकपा प्रवेश गराउने कार्यक्रम तय भएको नेकपाका केन्द्रीय सदस्य भीम कार्कीले बताएका छन । कार्कीले मनांगेलाइ गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी सदस्यता दिँदैछन । मनांगेले निर्वाचित भएको १६ महिनापछि गत माघ १४ गते सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...