सञ्चारमन्त्रीले भने ओस्कार नेपालमा हुन्छ भने ४ अर्ब खर्च गर्ने कि नगर्ने ?



हाम्रो इकोनोमि

 

सञ्चारमन्त्री गोकुल बास्कोटाले आइफा अवार्डमा सरकारले घाटाको ब्यापार नगर्ने बताएका छन् । संसदको विकास समितिको बैठकमा मन्त्री बास्कोटाले अहिलेसम्म अवार्ड गर्न सैद्धान्तिक सहमति मात्र दिइएको बताए । बाँकी विषय छलफलमै रहेको उनले बताए ।

 

सरकारले ४४ करोड दिन लागेको चर्चा रहेको भन्दै उनले भने, ‘एउटा टेन्ट नै उनीहरुले ५६ करोडको राख्दैछन् । यदि ४४ करोड नै दिइहाल्यो पनि पनि पुग्दैन ।’ विश्व चलचित्रको दोस्रो ठूलो बजार बलिउडका मानिसहरु आउँदा सुरक्षा लगायतका विषयलाई सम्बोधन गर्नु स्वभाविक भएको उनले बताए ।

उनले भने, ‘त्यसैले यो एउटा इभेन्ट हो, जुन नेपालमा भरहेको छ भनेर विश्वभरका ५०÷६० करोड मान्छेले हेरे भने हामीप्रतिको जिज्ञाशा बढ्न सक्छ ।’

मन्त्री बास्कोटाले आईफाको विज्ञापन लगायतको विषय अझै टुंगिन बाँकी रहेको बताए । ‘यसमा म स्पष्ट भन्न चाहन्छु, नेपाल सरकारले घाटाको नगर्ने, नाफाको ब्यापार गर्ने हो’ उनले भने, ‘यसको विज्ञापन कति आउँछ भन्ने टोटल सम्झौता भएको छैन । त्यसमा हाम्रो आर्थिक, सांस्कृतिक हितलाई हेर्छौं ।’

अन्तराष्ट्रिय अवार्डहरु नेपालमा गर्दा अर्बौ खर्च गर्दा पनि नहुने ब्राण्डिङ पाइने उनले बताए ।

उनले भने, ‘हलिउड नै यहाँ आउछु भन्यो भने के हुन्छ ? अचम्म हुन्छ । ओस्कार अवार्ड नेपालमा गर्ने, खुम्बुबाट गर्ने भन्यो भने दुई/चार अर्ब नै खर्च भएछ पनि भने पैसामा जोख्ने विषय हुँदैन । १० औं खर्बको ब्राण्डिङ गर्छ ।’

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...