कांग्रेससँग यस्तो गोप्य सहमति गर्दै प्रचण्ड, ओलीलाई धोका दिने तयारी



हाम्रो इकोनोमि

 

सत्य निरुपण मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको ऐन संशोधन हुन नसक्दा माओवादी पृष्ठभूमि भएका नेताहरूलाई तनाव बढ्दै गएको छ ।

तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्दा माओवादीका नेताहरूले आयोगको कानूनलाई अनुकूल बनाएर द्वन्द्वकालीन मुद्धालाई सल्टाउन माग राखेका थिए । एमालेले पनि माओवादीको यो मागलाई सल्टाउने आश्वासन दिएको थियो ।

तत्कालीन एमाले र माओवादीले मात्रै चाहेर आयोगको कानून संशोधन हुने अवस्था थिएन । नेपाली कांग्रेसको साथ आवश्यक थियो । संसदमा झण्डै दुईतिहाइ बहुमत भएपनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यो विषयलाई प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई सहमतिमा ल्याएर अगाडि बढाउन चाहेको हो ।

सहमतिविनै यो कानून संशोधन भयो भने कार्यान्वयनमा समस्या हुनेछ । यही बुझेका नेताहरूले गोप्य रुपमा कुराकानी गरे पनि सहमति हुन सकेको छैन ।

तत्कालीन एमाले र माओवादी केन्द्रका पृष्ठभूमि भएका र नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूले मेलमिलाप आयोगको ऐनलाई संशोधन गर्ने विषयमा गोप्य रुपमा परामर्श गर्दै आएका छन् । मस्यौदा पनि तयार भएको छ । तर, मस्यौदामा रहेका कतिपय प्रावधानहरूमा सहमति हुन सकेको छैन ।

पार्टी एकीकरण भएको एक वर्षभन्दा धेरै समय हुँदा पनि द्वन्द्वकालीन मुद्धाहरू मिलाउने विषयमा सरकारले ध्यान नदिएपछि नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छटपटाहट भएको छ । भविष्यमा यही विषयलाई लिएर प्रचण्डसहितका माओवादी पृष्ठभूमि भएका नेताहरूलाई ठूलो समस्या पर्ने जानकारहरूको भनाइ छ ।

प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गोप्य रुपमा भेटेर यो विषयलाई टुंगो लगाऔँ भनेर प्रस्ताव गरिसकेका छन् । देउवाले द्वन्द्वकालीन मुद्धाहरू टुंग्याउन तयार रहेपनि आफ्नै पार्टीभित्र पहिला सहमति खोज्ने सुझाव दिएर पठाइदिएका थिए ।

द्वन्द्वकालीन मुद्धा र विषयलाई लिएर सबैभन्दा ठूलो बेचैन र छटपटाहट प्रचण्डलाई हुने गरेको नेकपाका एक नेताले बताए । प्रचण्डले द्वन्द्वकालीन मुद्धाका विषयमा आफू निकटका नेताहरूसँग खुमलटारमा बारम्बार कुरा गर्ने गरेका छन् ।

द्वन्द्वकालीन मुद्धालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने गरेर पश्चिमा राष्ट्रहरूको लगानी रहेका एनजिओ र आइएनजिओहरूले भित्रभित्रै गतिविधि गरेको सूचना खुमलटारसम्मै पुगेको छ । सोही कारण पनि प्रचण्ड बेचैन छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...