तत्कालीन कृषिमन्त्री हरि पराजुलीले आजकै दिन गरे यस्तो हर्कत



हाम्रो इकोनोमि

 

देशभर रोपाइँको चटारो थियो । दुःख भुलेर कृषकहरू रोपाइँमा जुटेका थिए । घटना २०७२ साल असार १५ गते मंगलवारको हो । असार १५ को अवसर पारेर मन्त्रीदेखि कलाकारसम्म खेतमा धान दिवसको रमाइलोमा जुटेका थिए । कति मन्त्री त हिलो नछोइ फर्किए तर काठमाडौंको मुलपानीमा पुगेका कृषिमन्त्री हरि पराजुलीले भने खेतमै रमिता देखाएका थिए ।

झट्ट हेर्दा उनी मन्त्री हुन् भनेर छुट्याउन निकै गाह्रो पर्थ्यो । तर, उनी थिए तत्कालीन कृषी मन्त्री–हरि पराजुली । उनी राष्ट्रिय धान दिवस मनाउन काठमाडौंको मुलपानी पुगेका थिए । धान दिवसको दिन भएर मन्त्री पराजुली कृषक जस्तो देखिनु कुनै नौलो र आश्चर्यको कुरा थिएन । तर मन्त्री पराजुलीको हर्कतले पो सबैलाई चकित बनाएको थियो ।

हास्दै हिलोमा छिरेका मन्त्रीले एकाएक ताण्डव नै देखाए । सवैलाई लज्जित बनाए । उनले आफ्नो जिउमा लागेको हिलो पुछ्न महिलाकै फरियाको सहायता लिए । रमाइलो गर्ने बहाना मन्त्री जस्तो गरिमामय पदको पदीय मर्यादालाई नै लत्याएर अंगालो नै हाले । ती महिलाले मन्त्रीलाई नगर्नु–नगर्नु भन्दै थिइन् तर, मन्त्री ज्यू भने पुनः उही शैलीमा लम्किरहेका थिए ।

अप्ठयारो महसुस गरेकी ती महिलाले मन्त्रीको असभ्य व्यवहारप्रति धारे हात लाउँदै गाली गर्दै उम्किन सफल भइन् । तर, पनि मन्त्री ज्युले आफूलाई काबुमा राखेनन् । उनको गालीलाई वास्तै नगरी फेरि अर्की महिलासंग गर्ल्याम्म अंगालो हाल्न पुगेका थिए । मन्त्री ज्यूले एकपछि अर्को गर्दै रोपहार अन्य केही महिलासँग पनि यस्तै दुर्व्यहार गरेका थिए । घाटीमा विउको माला, टाउकोमा छत्रे टोपी, सेतो टिर्सट र हाफ पाइन्टमा निकै उत्साहित हुदै रोपाइँ कार्यक्रममा सहभागी भएका मन्त्री पराजुलीले खेतमा पस्नुअघि आशा लाग्दा भाषण नगरेका पनि होइनन् ।

तर बोली र व्यबहार आकास–पातालको अन्तर भएपछि कस्को के लाग्ने ? धान दिवसमा गरेको त्यो हर्कतलाई गल्ती भएको स्वीकार्दै मन्त्री पराजुलीले त्यसको दुई दिनपछि पदबाट राजिनामा दिएका थिए । नेपाली राजनीतिक इतिहासमा यो एक अनौठो घटनाको रुपमा चित्रित छ । आजको दिन यो कुरा नकोट्याइरहन सकिन्न ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...