डोनाल्ड ट्रम्पले भने अमेरिका तेस्रो विश्वयुद्ध लड्न तयार छ



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै दिएको एक अन्तरवार्तामा यदि जापानमाथि हमला हुन्छ भने अमेरिका तेस्रो विश्व लड्ने तर अमेरिकामाथि हमला भएको स्थितिमा जापानले त्यस्तो गर्न आवश्यक नहुने बताउनु भएको छ । फक्स विजनेस न्युजलाई दिएको एक अन्तरवार्तामा ट्रम्पले उक्त ब्यंग गर्नुभएको हो । राष्ट्रपति ट्रम्प शुक्रबार जापानमा हुने जी २० शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेसँग भेटघाट पनि भएको छ ।

 

अमेरिकी राष्ट्रपति ट्रम्प एसिया प्रशान्त क्षेत्रमा सैन्य उपस्थितिमा भइरहेको खर्चलाई लिएर प्राय अमेरिकी सहयोगीहरुसँग विवाद गर्दै आइरहनु भएको छ । अमेरिका यी सैन्य सम्झौतामा अनावश्यक खर्च गरिरहेको ट्रम्पलाई लाग्छ । ब्लुमबर्गमा छापिएको एक समाचारमा ट्रम्पले जापान तथा दक्षिण कोरिया ‘कस्ट प्सस ५० ‘ फर्मुलामा काम गरोस भन्ने चाहेको बताइएको छ । उक्त निति अन्तर्गत ती दुई दैशले अमेरिकी सैनिकको पुरा खर्च उठाउनु पर्ने र त्यो बाहेक ५० प्रतिशत धनरासी अमेरिकालाई बुझाउनु पर्ने भन्ने रहेको छ ।

 

आगामी दिनमा दुई देशबीच कस्तो खालको द्विपक्षिय सम्झौता हुन सक्छ भन्ने प्रश्न ट्रम्प समक्ष राखिएका थियो । १९६० को मध्यदेखिको उक्त सैन्य सम्झोताका सम्बन्धमा ट्रम्पले फोक्स न्युजलाई दिएको उक्त अन्तरवार्तामा भन्नुभयो, ‘यदि जापानमाथि हमला भएमा हामी तेस्रो विश्व युद्ध लड्ने छौं । हामी त्यहाँ जानेछौं । हामी उनको रक्षा गर्नेछौं ।’

उहाँले अगाडी थप्दै भन्नुभयो, ‘हामी आफनो जिन्दगी र आफनो धन लगाएर लडनेछौं । जुन सुकै मुल्यमा लडने छौ । तर यदि हामी माथि हमला हुन्छ भने जापानले हाम्रो मद्दत गर्नु विलकुल आवश्यक छैन । उ हामी माथि भइहरको हमला कुनै सोनी टीभीमा हेरेर बस्न सक्छ ।’ विश्वमा करिब हरेक देशले अमेरिकाबाट धेरै फाइदा उठाएको उहाँको आरोप छ । यो कुरा मान्य नभएको भन्दै उहाँले अब यो परिवर्तन हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...