६१ बर्षीया आमाले आफ्नै छोराको सन्तान जन्माईन्



हाम्रो इकोनोमि
 

 

कहिले काही अनौठा खबरको सामना गर्नुपर्ने हुन्छ । ६१ बर्षीया आमाले आफ्नै कोखमा आफ्नै छोराको बच्चा जन्माएकी छिन् । यति पाको उमेरमा यो चुनौतीको सामना गर्नुपर्ने कारण थियो । आफ्नो छोराको समलैंगिक विवाह सफल बनाउँनु । समलैंगिक विवाहमा बाँधिएको छोराको खुशीको लागि उनले यति सम्म गरेकी छिन् । यो चुनौतीबाट उनले सफल हुँदै स्वस्थ नातिनी जन्माईदिएकी छन् ।

चार बर्ष अघि समलैगिक विवाह गरेको आफ्नो ३२ बर्षीय छोरा म्याथ्यू र उनका समलैंगिक श्रीमान् २९ बर्षीय इलियट डोगर्थीका लागि ६१ बर्षीय आमा सिसिल इलिइडिज सरोगेट मदर बनेकी हुन् । उनले गत २५ मार्चका दिन अमेरिकाको ओमाहामा रहेको युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टर ५ पाउण्ड १३ औँन्स तौलको शिशुको जन्म दिएकी हुन् ।

 

यसअघि सिसिल सरोगेट मदर बन्न तयार भएपछि चिकित्सकहरुले उनकै छोरा म्याथ्यूको शुक्रकिट र म्याथ्यूका श्रीमान् डोगर्थीका २६ बर्षीया बहिनी लि यिरवीको डिम्ब मिलाएर भ्रुण तयार पारेका थिए । जव उनीहरुले सिसिलको पाठेघरमा भ्रुण राखे त्यसले हुर्कँदै गएको आकार दिन थाल्यो । चिकित्सकहरु भन्छन्,’आइभिएफ प्रविधिबाट गरिएको पहिलो प्रयासमै गर्भाधान सफल भयो ।’

त्यसो त सिसिलले पछिल्लो सन्तान जन्माएको तीन दशक भैसकेको थियो । महिनावारी रोकिएको पनि १० बर्ष नाघिसकेको थियो । यस्तो अवस्थामा सरोगेसीबाट सन्तान जन्माउने निर्णय लिन सिसिल मात्रै होइन चिकित्सकका लागि समेत चुनौति थियो ।

तर सिसिलले आफ्नो छोरा र उनको श्रीमानको सुखद भविस्यका लागि आफू खुशीसाथ गर्भधारण गर्न तयार रहेको बताइन । उनी मानसिक रुपमा तयार भएपछि शुरु भयो उनको स्वास्थ्य परीक्षण । चिकित्सकले सिसिलको स्वास्थ्य अवस्था सोचे भन्दा राम्रो पाए । रगत, मुटु र प्रसूति सम्वन्धी जाँच भएको थियो । यस्तै पाप स्मेयर, कोलेस्ट्रोल, म्यामोग्राम तथा अल्ट्रासाउन्ड जस्ता जाँच गरिएको थियो । डाक्टरहरुले सबै जाँच पछि सरोेगेट मदर बन्न योग्य भएको निस्कर्ष निकालेका थिए । यसको कारण सिसिलले आफ्नो नियमित एक्सरसाइज भएको बताइकी थिइन ।

आमाले आफ्ना लागि सन्तान जन्माइदिएपछि छोरा र उनका श्रीमान् सिसिलका फेमिलि चिकित्सक डा मउद डोथेर्तीले भने, आवश्यक सबै जाँच गर्दा स्वास्थ्य राम्रो देखेपछि विशेषज्ञ डाक्टरहरुले सरोगेट मदर बन्न बाटो खुल्ला गरेका हुन् । विशेषज्ञ डाक्टरहरुको कुरा उल्लेख गर्दै उनले भने, सिसिलको शरीरिक अवस्था त ६१ होइन ४० बर्षको महिलाको जस्तो रहेछ ।

सिसिल सुत्केरी हुँदा शल्यक्रिया गर्नु समेत परेन । १८ घण्टाको सुत्केरी व्यथा पछि उनले नातिनी जन्माएकी हुन् । नवजात शिशुलाई लेवर रुममा रहेकी नर्सले सिसिलकै काखमा राखिदिएकी थिइन । उनको चाहना अनुसार त्यसो गरिएको नर्सले बताइन । आमाले आफ्ना लागि सन्तान जन्माइदिएपछि म्याथ्यूले निकै खुशी भएको बताए । उनले आमाको महानता भन्दै मुक्तकण्ठले प्रसंशा गरे ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...