जबज कार्डले ओली ‘डेन्जर जोन’मा, प्रचण्डमै फर्किए बादल



हाम्रो इकोनोमि

 

झण्डै एक महिनाअघि गृहमन्त्री रामबहादुर थापा बादलले राजधानी काठमाडौमा आफु निकटका नेताको भेला बोलाएर भने ‘केपी ओलीसँग सवै कुरा मिलिसकेको छ । जनयुद्धका बिषयमा मात्र कुरा मिलेको छैन । जनयुद्धका बिषयमा पनि कुरा मिले हामी ओलीमै बिलय हुनुपर्दछ ।’

 

गृहमन्त्री थापाको यस्तो भनाईले उनी निकटका कतिपय नेताहरु बिलखबन्दमा परे । प्रचण्डको साथ छोडेर ओलीमा बिलय हुने कुरा सवैका लागि स्वीकार्य थिएन । बालुवाटारमा पनि प्रधानमन्त्री ओलीले एक रात आफुपछिको नेतृत्व लिन थापालाई आग्रह गर्दै आफ्नो प्रभावमा पार्ने कोशिस गरेका थिए । पार्टी सचिवालय बैठकमा प्रचण्डभन्दा ओलीसँग नजिक भएर थापाले काम गर्दै आएका थिए ।

थापाले आफ्नो क्याम्प छोडेको स्पष्ट आभास अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थियो । जनवर्गीय संगठनको एकतापछि प्रचण्ड निकै तर्सिएका पनि थिए । थापालाई आफ्नो पक्षमा पारेर ओलीले समाप्त पार्न लागेको भन्दै उनले आफु निकटका नेताहरुसँग गुनासो गर्ने गरेका थिए भने, त्यही बेला पुरानो सहमतिलाई लिएर अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छोड्न ओलीलाई सार्वजनिकरुपमा चेतावनी पनि दिएका थिए ।

एक महिना नवित्दै ओलीको प्रयास र थापाको ओलीमा बिलय हुने योजना तुहिएको छ । नेकपाको राजनीतिक प्रतिवेदनमा ‘जनताको बहुदलिय’ राख्नै पर्ने ओलीको अडानले प्रचण्ड र बादललाई एक ठाउँमा ल्याइदिएको छ । ओलीले राजनीतिक रुपमा एमालेसँग समपर्ण गराउन खोजेको भन्दै प्रचण्ड र बादल एक ठाउँमा पुगेका छन् । प्रचण्ड र बादल साँच्चिकै एक ठाउँमा आएका हुन या परिस्थितिको आँकलन गर्न पुगेका हुन् त्यो भने अझै एकिनसँग भन्न सकिने अबस्था छैन ।

शनिवार बसेको सचिवालय बैठकमा ओलीले जनताको बहुदलिय जनबादमा दायाँ बायाँ गर्न नसकिने बताएपछि दाहालले आफ्नो निवासमा आकस्मिक बैठक बोलाएका थिए । बैठकमा गृहमन्त्री बादल पनि सहभागी भएका थिए । बैठकमै बादलले पूर्वमाओवादीहरुलाई आत्मसमपर्ण गराउने खोजेको भन्दै ओलीको कडा आलोचना समेत गरेका थिए ।

जबजले दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालबीच नजिकिदै गएको सम्बन्धमा दरार आउने आँकलन ओली पक्षको थियो । तर नेपाल पक्षले समयमै कुरा बुझेर पहिले भएको सहमति पालना गर्नुपर्ने पक्षमा उभियो । ओलीको जवज कार्ड पूर्णतया असफल भएको छ । न दाहाल–नेपाल सम्बन्धमा दरार ल्याउन सक्यो, नत बादललाई नै आफ्नो पक्षमा राखिराख्न सक्यो । आफुसँग नजिक भएका बादललाई पनि प्रचण्ड खेमामा पुरयाउँदै लगेको छ । ओली आफै पार्टीभित्र ‘डेन्जर जोन’ मा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...