राष्ट्रियताको रक्षा कम्युनिष्टले मात्र गर्छ भीम रावल



हाम्रो इकोनोमि
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले देशको स्वाधीनता र राष्ट्रियताको रक्षा कम्युनिष्टले गर्ने बताएका छन् । कम्युनिष्ट पार्टीको स्थापना नै राष्ट्रियता, स्वाधीनता तथा समृद्धिका लागि भएको भन्दै उनले हरेक नेपालीले आफ्नो देशलाई सर्बोपरी राखी अघि बढ्नुपर्नेमा जोड दिए ।नेपाल
कम्युनिष्ट पार्टी अछामले जिल्लाको जयगढमा गरेको जनसभामा बोल्दै नेता रावलले अहिले कम्युनिष्ट पार्टीको काँधमा ठुलो जिम्मेवारी रहेको बताए । ‘अहिले जनताले हामीलाई विश्वास गरेर झण्डै दुई तिहाई मत दिएको छन्, हामीले नयाँ नेपालको जग बसाउनु छ, जनतालाई सुखी र देशलाई समृद्ध बनाउनु छ’, नेता रावलले भने, ‘जनताले सुम्पेको यो ऐतिहासिक जिम्मेवारी हामीले कुशलतापूर्वक बहन गर्नुपर्छ ।’ 

कम्युनिष्ट कार्यकर्ता इमान्दार, कर्तव्यनिष्ट, अनुशाशित र विकासप्रेमी हुनुपर्ने नेता रावलको भनाई छ । ‘देशमा विकासको जग कम्युनिष्टले बसालेको हो, यो कसैले दाबी गर्दैमा झुटा हँदैन, कम्युनिष्टले देखाएको विकासको बाटोलाई अहिले पूरा गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ र हामीले त्यो पूरा गर्नेछौँ’, पूर्व उपप्रधानामन्त्री समेत रहेका नेता रावलले भने ।

नेकपा अछामले जिल्लाका साँफेबगर र मंगलसैनमा कार्यकर्ता भेला तथा अन्य ८ वटा स्थानीय तहमा जनसभा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका तुर्माखाँद, ढकारी, कमलबजार, बिनायक, रामारोशन, मेल्लेख, चौरपाटी र जयगढमा भएका जनसभामा नेकपा स्थायी कमिटी सदस्य रावल, केन्द्रीय सदस्य शरदसिंह भण्डारी, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी लगायतको सहभागिता रहेको नेकपा अछामका अध्यक्ष शेर बहादुर कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...