महान्यायाधिवक्ता खरेलको कारण झापाको नगरसभा सत्तारुढ नेकपा र नगरकै बहुमत सदस्यले बहिस्कार गर्ने



हाम्रो इकोनोमि

 

शिवसताक्षी नगरपालिका नगरपालिकाको नगर सभा बैठक विवादमा परेको छ । यही १० असार २०७६ हुन लागेको नगरसभा बैठकको प्रमुख अतिथिको बिषयमा मतभेद भएपछि नगरसभा विवादमा परेको हो । शिवसताक्षी नगपरपालिकाको नगरसभा तथा आर्थिक वर्ष २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत हुने नगरसभाको प्रमुख अतिथिको बिषयमा नगरप्रमुख र बहुमत सदस्यबीच मतभेद भएको छ ।

 

बैठकमा मेयर चन्द्र कुमार शेर्माले महान्यायाधिवक्ता अग्नी खरेललाई नगरसभाको प्रमुख अतिथि बनाउने प्रस्ताव राखेका थिए । मेयर शेर्माको प्रस्तावलाई उपमेयर भोजकुमारी नेपाल र वडा नम्बर २ का अध्यक्ष कुलबहादुर बस्नेतले मात्रै समर्थन जनाएका थिए ।

 

तर, तीन जना बाहेक सबै नगरसभा सदस्यले यस क्षेत्रबाट निर्वाचित एलपी साँवा लिम्बूलाई प्रमुख अतिथि बनाउनुपर्ने अडान राखेका थिए ।
बैठकमा वडा नम्बर १० का अध्यक्ष कर्णबहादुर थापा, वडा नम्बर ८ का अध्यक्ष केहरसिंह बस्नेत लगायत बहुमत सदस्यले भने नगरसभा बैठकमा क्षेत्रबाट निर्वाचित संसदलाई बनाउनुपर्ने भन्दै अडान लिएपछि बैठक विना निर्णय सकिएको थियो । बहुमत सदस्यहरुले भने नगरपालिकाका बिकासमा नगरपालिका र निर्वाचित संसदको समन्वय जरुरी रहेको भन्दै प्रमुख अतिथि पनि सांसद साँवालाई बनाउनुपर्ने तर्क राखेका थिए ।

 

प्रमुख अतिथि विवाद भएपछि ५ असार २०७६ मा बस्नु पर्ने नियमित बैठक र ८ असारमा नगरसभाको तयारी सम्बन्धमा बस्नुपर्ने बैठक समेत स्थगित भएको छ । नगरसभाले भने प्रमुख अतिथिको बिषयमा निर्णय गर्न सकेको छैन तर मेयर शेर्माले भने अग्नी खरेललाई प्रमुख अतिथिको निम्तो दिइसकेका छन् ।

 

सत्तारुढ नेकपा र बहुमत सदस्यले बहिस्कारमा
नगरपालिकाको औपचारिक निर्णय विना नै प्रमुख अतिथि खरेललाई बनाउन तयारीपछि नगरपालिकाको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र बहुमत नगरसदस्यले बहिस्कार गर्ने भएका छन् । शिवसताक्षीका मेयर शर्मा सहित बहुमत सदस्यहरु नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

 

विना निर्णय प्रमुख अतिथि बोलाउन लागिएपछि बहिस्कारको तयारी गरिएको एक वडाध्यक्षले बताए । ‘नगरसभा कुनै व्यक्तिको पुजा पाठ जस्तो होइन यो नगरको कार्यक्रम हो । त्यस कारण नगर बैठकबाट निर्णय गराएर मात्रै कार्यक्रम तय हुनुपर्छ,’ ती अध्यक्षले भने । मेयर शर्मा बैठकमा अल्पमतमा पर्ने भएपछि चोरबाट तिर लागेको उनको आरोप छ ।

 

नेकपाका नगर अध्यक्ष महेन्द्र भट्टराईले नगरसभा बारेमा मेयर शेर्माले पार्टीसँग कुनै समन्वय र छलफल नगरेको बताए । उनले भने, ‘संस्थागत निर्णयबाट काम होस् भन्ने हाम्रो सुझाव हो । तर, प्रक्रियागत र संस्थागत निर्णयलाई मात्रै पार्टीले मान्छ तर व्यक्तिगत निर्णय हामी मान्दैनौं ।’

 

विवादको चुरो
महान्यायधिवक्ता खरेलको गृह जिल्ला झापा भए पनि उनी गौरादह–३ का स्थायीबासी हुन् । साँवा भने यहाँका निर्वाचित संघीय सांसद हुन् । स्रोतका अनुसार मेयर शेर्मासँग खरेल नजिक छन् । यही कारण शेर्माले भने खरेललाई प्रमुख अतिथि बनाउन चाहेका छन् । तर, साँवा यस क्षेत्रका जनप्रतिनिधि भएको कारण साँवालाई नै प्रमुख अतिथि बनाउनुपर्ने बहुमत नगर सदस्य र स्थानीय पार्टी कमिटिको अडान रहेको छ ।
महान्यायाधिवक्ता खरेल र साँवा दुबै पूर्व प्रधानमन्त्री ओली निकट हुन् । महान्यायाधिवक्ता खरेल अघिल्लो ओली नेतृत्वको सरकारमा कानुनमन्त्री थिए । तर, कानुनमन्त्री भइसकेका नेता सर्बोच्च अदालतको न्यायाधीशसरहको सरकारी नियुत्ती महान्यायाधिवक्ता पदमा बसेपछि उनको तिव्र आलोचना समेत भएको थियो ।

 

साँवा संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीसँग २३९ मतको झिनो अन्तरबाट पराजय भएका थिए । तर, ०७४ सालको आम निर्वाचनमा भने ४३ हजार ६ सय मत पाएर विजय भएका थिए । उनले १६ हजार ८ सय मतान्तरले पराजित गरेका थिए ।
यो मतअन्तर प्रदेश नम्बर १ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पछि हो । स्थानीय पूर्वाधार विकास साझेदारी (संसदीय कोष) बाहेक पनि साँवाले १ अर्बभन्दा बढीको योजना आफ्नो निर्वाचन क्षेत्रमा पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...