यीनले बुद्धमाथी बसेर संसारकै मानिसलाई रुवाईन्, ट्रोलपछि मागिन् माफी



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेता आयुष्मान खुरानाकी पत्नी ताहिरा कश्यपले आफ्नो एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरिन् । यस तस्वीरमा उनलाई भगवान बुद्धको मुर्तीमाथि बसिरहेको देख्न सकिन्छ । उनले यो फोटो आफ्नो इस्टाग्राममा सेयर गरेकी थिईन् जुन अहिले डिलिट भएको छ । उनले तस्वीर हटाउँदै सबैसँग माफिसमेत मागेकी छिन् ।

 

ताहिराले फोटो डिलीट गर्दै लेखेकी छिन, ‘म मेरो हर्कतका कारण कसैलाई दुःख पुगोस भन्ने चाहान्न । आनजानमा म बाट भएको गल्तीका लागि म सबैसँग माफि माग्छु । सबैलाई प्रेम र शान्तिको कामना गर्दछु ।’

ताहिराले आत्मंतन वेलनेस रिर्सोर्टका बारेमा पनि भनिन, ‘आत्मंतन सबैभन्दा सुन्दर, आरामदायक अनुभव थियो, जुन प्रकृतिसँग जोडिएको छ । नाइट सूट मा मजा गर्ने देखि लिएर जामुन संकलन गरेर खानु वास्तवमा मेरा लागि मिठो अनुभव थियो । साथै मैले मेरो छोरालाई सुन्दर व्यापारिक योजना देखाए ।मेरो छोरा हाम्रो भविष्यलाई लिएर धेरै चिन्ता गर्ने गर्दछ ।’

ताहिरा पुणे स्थित यस रिर्सोर्टमा छुट्टी मनाउँन गएकी थिईन । उनले त्यही बुद्धको मुर्तीमाथि बसेर फोटो खिचेको स्वीकार गरेकी छन् । उक्त तस्वीर सेयर गरेपछि सामाजिक सञ्जालमा आलोचा सुरु भएको थियो ।

एक प्रयोगकर्ताले भने, ‘एकदमै दुःखद कुरा, बुद्धको मुक्तिमाथि बस्नु बेवकूफाना हरकत हो । पढेलेखेका मान्छेहरु यस्तो बेवकूफी गरिरहेका छन् । यो अवस्थामा अनपढ़ के गर्लान ? तिमीले साँच्चै मूर्खतापूर्ण काम गरेको हो ।

भगवानलाई सम्मान त देउ ।’ अर्को एक जनाले सबै धर्मको सम्मान गर्दै बुद्धमाथि बस्नु गलत भएको जानकारी दिएका छन् ।

अर्को प्रतिकृयामा बुद्धको मुर्तिमाथि बसेको तस्वीर सेयर गर्दा उनिप्रतिको सम्मान कम भएको भनिएको छ । यो वास्तवमा बौद्ध धर्म मान्नेहरुका लागि एकदमै अपमानजनक कार्य भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...