३० बर्ष पुगेपछि महिलाले अनिवार्य गराउनुपर्ने ५ परीक्षण : हरेक महिलाले अवश्य पढ्नुहोला



 

व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ।

पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्।

उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।

त्यसैले ३० वर्ष उमेर पार गरेका महिलालाई समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरु सल्लाह दिन्छन्।

पछिल्लो समय कतिपय महिला पाठेघरको मुखकोक्यान्सर,स्तन क्यान्सर, हड्डी खिइने,थाइराइडजस्ता रोगबाट ग्रसित हुने गरेका छन्।यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अकालमै ज्यान गुमाउन बाध्य छन्।

समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ। परीक्षण महंगो पनि छैन। त्यसैले ३० वर्ष उमेर पार गरेका महिलाले यी ५ वटा टेस्ट गराउनु अतिआवश्यक छ।

मेमोग्रामः पछिल्लो समय महिलामा स्तन क्यान्सरको खतरा बढ्दै गएको छ।स्तन क्यान्सर तथा ट्युमर परीक्षणका लागि विभिन्न विधि भएपनि मेमोग्राम सस्तो विधि मानिन्छ।

यो विधिबाट स्तनको एक्सरे लिइन्छ।महिलामा ४० वर्ष उमेर कटिसकेपछि स्तन क्यान्सरको खतरा बढ्ने भएकाले विज्ञको सल्लाहअनुसार मेमोग्राम गराउनुपर्छ।

प्याप स्मेयर टेस्ट : पाठेघरको क्यान्सर पत्ता लगाउने विधि हो प्याम स्मेयर।स्तन क्यान्सरपछि देखिने रोगमा पर्छ पाठेघर मुखको क्यान्सर।प्याप स्मेयर एक साधारण परीक्षण हो।

प्याप स्मेयर टेष्टमा महिलाको योनीबाट निश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइने गरिन्छ। यो जाँच गर्दा महिलालाई कुनै प्रकारको पीडा महसुस हुँदैन।

थाइराइड टेस्ट : अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ।एक अध्ययनअनुसार पुरुषभन्दा महिलामा थाइराइडको समस्या दश गुणा बढी हुन्छ।

स्वास्थ्य विज्ञका अनुसार थाइराइड हर्मोन मानव शरीरका लागि आवश्यक हुन्छ। तर यसको मात्रामा गडबड भएमा यसले रोगको रुप लिनेगर्छ।

थाइराइडको प्रकारअनुसार उपचार विधि पनि फरक छ।

एचपीवी भाइरस टेस्ट : एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइरस एक निकै खतरनाक भाइरस हो।यो सबैभन्दा तीब्र रुपमा फैलने भाइरस हो।

कतिपय स्थितिमा यो भाइरसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन। प्रायजसो यौन सम्पर्कपछि यो भाइरस फैलने संभावना बढी रहन्छ।

बोन डेन्सिटी टेस्ट : उमेरअनुसार हड्डीजन्य समस्या पनि देखापर्छन्। शरीरमा हड्डीको अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ ।

शरीरमा लाग्ने सानातिना चोटपटकले पनि हड्डी कमजोर बनाउनमा ठूलो भूमिका खेल्छन्। शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ ।

आजकाल गलत खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको समस्या देखिने गरेको छ। त्यसैले सन्तुलित खानपान खानुका साथै समयमै हड्डीको अवस्थाबारे जाँच गराउनुपर्छ। अन्नपुर्णको सहयोगमा।

लिची खाँदा भारतमा १०० बालबालिकाको मृत्यु, यसकारण मरिरहेछन् बालबालिका

एजेन्सी । भारतकाे विहारमा लिची खाँदा मृत्यु हुने बालबालिकाकाे संख्या सय पुगेकाे छ ।

स्वास्थ्यकर्मीहरुले लिचीमा हुने विषाक्त पदार्थले मस्तिष्कमा असर पार्दा बालबालिकाको मृत्यु भएको बताएका छन् ।

विहारको स्वास्थ अधिकारीले कडा खालको इन्सेफलाईटीसको कारण ४७ बालबालिकाको मृत्यु भएको बताएका छन् ।

केही अमेरिकी अनुसन्धानकर्ताहरूले इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) भाइरस तथा लिचीमा पाइने एक किसिमको विषालु तत्वबीच सम्बन्ध हुनसक्ने जनाएका छन् ।

सन् २०१३ मा इन्सेफलाइटीसका कारण उत्तर प्रदेशमा कम्तीमा पनि ३५१ मानिस मरेका थिए ।

सन् २०१४ मा पनि मुजफ्फरपुरमा १२२ बालबालिकाको ज्यान गएको थियो । सन् २०१४ मा देखिएको इन्सेफ्यालोप्याथीको प्रकोपका लागि लिच्चीको सेवन पनि एउटा तत्व भएको ल्यान्सेट ग्लोबल हेल्थ मेडिकल जर्नलमा प्रकाशित समाचार उल्लेख छ ।याे वर्ष पनि इन्सेफलाइटी केही वृद्धि भएको छ ।

यो पटक निक्कै कडा खालको तातो हावा भएकाले र पहिलेभन्दा लामो समय रहेकाेले पनि याे वर्ष इन्सेफलाइटीस बढेकाे वरिष्ठ स्वास्थ अधिकारी सञ्जय कुमारले बताएका छन् ।

रगतमा सुगरको मात्रामा एक्कासी कमी हुदाँ बालबालिकाको मृत्यु भएको राज्यका स्वास्थ विभागले बताएको छ ।

तिनका अनुसार त्यसमा लिच्चीले पनि भूमिका खेल्यो । इन्सेफ्यालोप्याथी दिमागी विमारी वा चोट हो र यो इन्सेफलाइटीसबाट लाग्छ ।अध्ययनले बालबालिका गुमाएका केही अभिभाविकको कुरा पनि उल्लेख गरेको छ ।

तीमध्ये धेरैले तिनका बालबालिकाहरु कयैन पटकसम्म दिनभरी जसो लिच्ची खाएर साँझ फर्कने गरेको र खाना नखाई सुत्ने गरेको बताएका थिए ।

लिच्ची खाएर बेलुकाको खाना नखाई सुत्ने बालबालिकामा हाइपोग्लाईकेमिया हुने सम्भावना दुई गुणा देखिएको थियो ।

ल्यान्सेटको अध्ययन अनुसार बालबालिकाको रगतमा सुगरको मात्रा एक्कासी गिरावट हुँदा, कलेजोले फ्याटी एसिडलाई उपयोग गरेर शरीरको लागि आवश्यक ग्लुकोज बनाउन थाल्छ ।

यसले झनै रगतमा सुगरको मात्रा कमी ल्याउँछ र दिमाग सुन्निन थाल्छ ।कतिपय विशेषज्ञ भन्छन् – ‘खाली पेटमा लिची खाँदा शरीरमा ग्लुकोजको कमी हुन जान्छ जसले गर्दा बालबालिका यो रोगको चपेटामा पर्न सक्छन्।’

भारत तथा अमेरिकाका वैज्ञानिकहरूका संयुक्त शोधमा खाली पेटमा धेरै लिची खाँदा यो बिमारी भएको भन्ने उल्लेख गरेकाे छ ।

कडा खालको इन्सेफलाइटिसमा दिमाग सुन्निने, ज्वरो आउने, चक्कर आउने र धेरै जसो विरामीलार्ई कोमामा लगेको पाइएको छ । विज्ञले अत्याधिक गर्मी, कम पौष्टिकता र आद्रतालाई यसको लागि जिम्मेवार बताएका छन् ।

सञ्जय कुमारले प्रभावित बालबालिका गरिब परिवार भएको र तिनको घरमा चिनीको उपभोग कम हुने भएकाले बालबालिकामा कुपोषण देखिएको बताए ।

वैज्ञानिकहरूका अनुसार लिचीमा हाइपोग्लिसीन ए र मिथाइल एन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व पनि पाइन्छ। अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकाको रगत र पिसाबको जाँच गर्दा पनि उनीहरूमा ती तत्व पाइएको थियो।अधिकांश बालबालिकाले राति केही नखाएको र बिहानै धेरै लिची खाएको पाइएको थियो।

त्यस्तो अवस्थामा उक्त तत्वले ज्यादा घातक असर गर्ने ठानिन्छ। पहिलेदेखि नै कुपोषणले ग्रस्त वा बिरामी बालबालिकामा लिची खाँदा यो रोग लाग्ने धेरै खतरा हुन्छ।चिकित्सकहरूले सो क्षेत्रका बालबालिकालाई सीमित मात्रामा मात्र लिची खान तथा त्योभन्दा अगाडि सन्तुलित भोजन गर्न सल्लाह दिएका छन्।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा