प्रधानमन्त्री ओलीले मलाई हेपे : देउवा



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफू हेपिएको गुनासो गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सदनमा जहिले पनि ओलीले हेपेको बताउँदै भने,‘प्रतिपक्षी दलको नेता बोल्दा सदनमा प्रधानमन्त्री पनि हुनुपर्छ ।’

उनले नेपालमा पहिलादेखि चल्दै आएको चलनलाई ओलीले तोड्ने काम गरेको आरोप लगाए । देउवाले मंगलबारको बैठकमा आफूले बोल्न पहिले समय मागेको बताए ।

मंगलबार आफूले पहिला सदनमा समय मागेको बताउँदै उनले प्रधानमन्त्रीले पनि मागेको प्रसङ्ग जोड्दै भने,‘मेरो कुरा सुनेको भए जवाफ दिन पाउनु हुन्थ्यो ।’ उनले सदन प्रतिपक्षीको हुने पनि बताए ।

प्रधानमन्त्रीभन्दा पहिला देउवा बोल्न पाउनु पर्छ भन्दै कांग्रेसले मंगलबारको प्रतिनिधि सभा बैठक अवरूद्ध गरेको थियो ।

उनले प्रधानमन्त्रीको बेलायत भ्रमण असफल भएको पनि टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...