प्रचण्डले भने लोक सेवा आयोगको विज्ञापन असंवैधानिक र गैरकानुनी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा कर्मचारीको माग गर्दै लोक सेवा आयोगले गरेको विज्ञापन असंवैधानिक र गैरकानुनी रहेको बताएका छन् ।

बुधबार खुमलटारस्थित निवासमा आरक्षण बचाऊ आन्दोलनको ज्ञापनपत्र बुझेपछि प्रचण्डले उक्त विचार राखेका हुन् ।

राज्य व्यवस्था समितिले उक्त विज्ञापन खारेजका लागि निर्देशन दिएको बताउँदै उनले भने,‘यसले संविधानको मूल मर्मलाई पक्रेन भन्ने हो पहिलो कुरा त । संविधानको मूल मर्म भनेको समावेसिता हो । संघीयता हो । संघीयता र समावेशिताको मर्म र भावनालाई यसले बेवास्ता गरेको छ । त्यसकारण यसलाई करेक्सन गर्नुपर्छ ।’

उनले मन्त्री लालबाबु पण्डितसँग कुरा गर्ने बताउँदै भने,‘ प्रधानमन्त्रीज्यूसँग अलग्गै मिटिङ छ, यो विषयमा पनि कुरा हुँदैछ । हामी सचिवालय बसेर पनि यो विषयमा कुरा गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...