दर्जन बढी यात्रु लिएर उडेको विमान जंगलमा खस्यो, सबैको मृत्यु भएको आशंका !



हाम्रो इकोनोमि

 

१३ जना यात्रुसहित हराएको विमान फेला परेको छ । भारतीय वायु सेनाको हराइरहेको एएन–३२ विमानको टुक्रा फेला परेको छ । विमानको टुक्रा फेला परेपछि खोजी अभियान तिव्र रुपमा अगाडी बढेको छ । अरुणाचल प्रदेशको लियोपानको उत्तरी क्षेत्रमा टुक्रा पाइएको छ ।

 

यहाँ एक ठुलो जंगलमा विमान खसेको हुनसक्ने जनाइएको छ । अनुपयुक्त पहाडी इलाकामा फेला परेको भित्री तस्वीरहरु बिस्तारै देखिन थालेका छन्, भने छेउछाउका रुखहरु जलेका छन् । तपाईलाई जानकारी गराउँ यो भारत–चीन सीमा क्षेत्रमा पर्ने स्थान हो ।

 

भारतीय वायुसेनाका प्रवक्ता विंग कमांडर रत्नसार सिंहका अनुसार, एयर फोर्स, सेना र नागरिक प्रशासनको टोली बुधबार पुग्ने हेलीकोप्टर दुर्घटना स्थलतर्फ गइरहेका छन् । खराब मौसमका कारण खोज अनुसन्धानमा समस्या भएको छ । भारतीय एयर फोर्सको एनआई १७ हेलिकप्टर वेपत्ता विमानको खोजीमा प्रयोग भइरहेको छ ।

 

हावाहुरीले बुद्धको जहाज उँडायो, भैरहवा डाइभर्ट

 

बुधबार बिहान भारतबाट नेपाल प्रवेश गरेको हावाहुरीले पश्चिम क्षेत्रको आन्तरिक विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ ।काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट भएको छ ।

 

नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार हावाहुरीका कारण करिब आधा घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको थियो । अहिले भने अवस्था सामान्य भइसकेको छ । भैरहवा डाइभर्ट भएको बुद्धको जहाज नेपालगन्जका लागि फिर्ता हुने क्रममा रहेको उनले जानकारी दिए । बुधबारदेखि नै संचालनमा आएको धनगढी विमानस्थलमा जहाज पुग्ने बेलासम्म मौसम सामान्य भइसकेको थियो ।

 

काठमाडौंबाट उडेको श्री एयरलाइन्सको जहाज धनगढीमा अवतरण भइसकेको धनगढी विमानस्थलले जानकारी दिएको छ । धावनमार्ग मर्मत गर्न यो विमानस्थल २२ वैशाखदेखि बन्द भएको थियो ।

 

काठमाडौं विमानस्थलमा के छ सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु सुदुरपश्चिमबाट नेपाल छिरेपछि बुधबार बिहान यसको प्रभाव देखिएको हो । वायुको प्रभाव मध्यपश्चिम क्षेत्रसम्म देखिने विभागको अनुमान छ ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट भने सामान्य अवस्थामा उडान-अवतरण भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...