करोडाैँ रकम ठगी अभियोगमा अस्पताल सञ्चालक पक्राउ



हाम्रो इकोनोमि

 

करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक अस्पताल सञ्चालक पक्राउ परेका छन् । विभिन्न व्यक्ति र संस्थासँग गरेर ५ करोड ७७ लाख ठगी गर्ने एसिया मेडिकेयर हस्पिटलका सञ्चालक सुरजकुमार सर्राफलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

 

उनले मेडिकल कलेज सञ्चालनका लागि विभिन्न ब्यक्ति र संस्थासँग महँगो ब्याजमा ऋण लिएका थिए । समयमै भुक्तान दिन नसकेपछि पीडितहरुले उनी बिरुद्ध जाहेरी दिएका थिए । पीडितहरुको जाहेरीका आधारमा सर्राफलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

 

सर्राफलाई ऋणदिने ब्यक्तिहरु समेत अनुसन्धानको दायरामा छन् । प्रहरीका अनुसार सर्राफलाई चक्रीय ब्याज (मिटर ब्याज) मा रकम लगानी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । त्यस्तै, १० लाख ठगी गरेर फारर रहेका वीरगञ्ज महानगरपालिका–१० का नितेश सर्राफलाई पनि पर्सा प्रहरीले पक्राउ गरेको छ।

 

सर्राफले वीरगन्ञ्ज महानगरपालिका–३ का रामकेवल मण्डलको १० लाख रुपैयाँ ठगी गरेर फरार भएका थिए। प्रहरीले उनलाई आइतबार नै पक्राउ गरेको र उनीमाथि पनि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...