हुवावेका अब आउँने नयाँ फोनमा फेसबुक नचल्ने



हाम्रो इकोनोमि

 

अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ ।

 

हुवावे स्मार्टफोन किनिसकेका ग्राहकले भने फेसबुक एप्स प्रयोग र अपडेट गर्न पाउने फेसबुकले जनाएको छ । तर, अब बन्ने नयाँ हुवावे फोनमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप हुने छैन ।

 

स्मार्टफोन उत्पादकहरुले फेसबुक, इन्स्टाग्रामजस्ता एप्स आफ्ना सेटमा पहिल्यै इन्स्टल गरेर ग्राहककहाँ पठाउन सम्बद्ध कम्पनीसँग व्यापारिक सम्झौता गरेका हुन् । यो भन्दा पहिले गुगलले पनि आफ्ना सबै सेवा सुविधा बन्द गरिएको जनाएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालेको भन्दै विरोध भएपछि राष्ट्रपतिको सवारीमा सुधार गर्न थालिएको छ । सामान्य कार्यक्रम राष्ट्रपतिले आफ्नै कार्यालयमा उद्घाटन गर्न सुरु गर्नुभएको छ ।

 

गत २१ जेठमा राष्ट्रपति भण्डारी नेपालगन्ज पुग्नु भएको थियो । अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटामसमेत जारी गरिएन । उनी नियमित उडानमार्फत जानुभयो र २३ गते फर्कनुभयो । यसबाट विमानस्थलमा कुनै असर नपरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

 

भिआइपीको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा नोटाम जारी गरेर अन्य उडान रोक्ने गरिन्छ । जसले दिनभरको उडान तालिका अस्तव्यस्त हुने गरेका छन् । सुरक्षाका कारण नभई भिआइपीको सम्मानका लागि अन्य उडान रोकिने गर्दा सर्वसाधारणबाट आलोचना हुने गरेको थियो ।

 

यसमा पनि सुधारको प्रयास भइरहेको विमानस्थलका एक अधिकारीले बताए । ‘भिआइपीको सुरक्षा कमान्ड सेनाले हेर्ने गर्छ,’ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एक अधिकारीले भने, ‘सेनाको सिफारिसमा नोटाम जारी हुने हो । त्यसमा सुधार गर्न हामीले छलफल थालेका छौँ ।’

 

गत साता राष्ट्रपति नेपालगन्ज जाँदा र फर्कंदा विगतको तुलनामा ट्राफिक निकै कम प्रभावित भएको थियो । आइतबार भोटोजात्राको कार्यक्रम भने औपचारिक भएकाले सडक दुईतर्फ नै खाली गरियो ।

 

‘विगतको तुलनामा हामीले थोरै मात्र सडकमा असर गर्ने गरी व्यवस्था मिलाएका थियौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भन्नुभयो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
सांसदहरूलाई संसदीय अभ्यासबारे प्रशिक्षण

    प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले प्रशिक्षण दिएको छ । संसद भवनभित्रको...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...