सांस्कृतिक कार्यक्रममा जाँदै गरेको ट्रक दुर्घटना, १३ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए । पहाडी बाटोमा नियन्त्रण गुमाएर सो दुर्घटना भएको हो। कामारिन्स सुर प्रान्तमा शनिबार भएको उक्त दुर्घटनामा अरु दर्जनौं घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका बालबालिका ४ र ५ बर्षका रहेका छन् ।

दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । फिलिपिन्समा यस्ता दुर्घटना बेला बेलामा भइरहने गरेका छन् । एजेन्सि

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...