काठमाडौंमा नै विप्लव समूहको हतियारसहित तालिम



हाम्रो इकोनोमि

 

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यका आसपासका जिल्लाहरूमा सशस्त्र तालिम र गतिविधिहरू गरिरहेको रहस्य बाहिर आएको छ ।

 

काभ्रे, ललितपुर, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरूमा नेकपाका महासचिव विप्लवले तालिम चलाएका हुन् । यी जिल्लाका दुर्गम गाउँहरूमा हतियारसहित तालिम गर्ने गरेको प्रत्यक्षदर्शीहरू बताएका छन् । विप्लव समूहले ललितपुर र मकवानपुरका विकट तथा दुर्गम गाउँहरूलाई आफ्नो केन्द्र बनाउन थालेका छन् ।

 

ती जिल्लाको दुर्गम गाउँ र भौगोलिक विकटताका कारण सुरक्षा निकायको ध्यान जान सकेको छैन । सोही अवसर छापेर विप्लवको नेकपाले आफ्ना सैन्य तालिम र गतिविधिहरूलाई सक्रिय बनाएको हो । बन्दोबस्तीका सामानहरू विप्लव समूहले काठमाडौं उपत्यकाबाटै लैजाने गरेको उच्च स्रोतले जनाएको छ ।

 

दुई हप्ता अगाडि सोलुखुम्बुमा पनि विप्लवका कार्यकर्ताहरू देखिएको र प्रहरी चौकी आक्रमण गर्न आएको भनेर समाचार बाहिर आएका थिए । चौकी आक्रमण नभएपनि विप्लवका कार्यकर्ताहरूले सो क्षेत्रमा तालिम लिएको प्रत्यक्षदर्शीहरूको भनाइ उदृत गर्दै समाचार आएका थिए ।

 

महासचिव विप्लवले सुरक्षा निकायलाई आक्रमण गर्ने कुनै नीति नरहेको जनाए पनि विकट गाउँहरूमा भइरहेका सशस्त्र तालिम र गतिविधिहरूले विभिन्न आशंकाहरू उब्जाएको छ । सरकारले विप्लव समूहको यस्तै गैर कानूनी गतिविधिको सूचना पाएर नै प्रतिबन्ध लगाएको हुन सक्ने टिप्पणी हुन थालेका छन् ।

 

कास्की जिल्लामा विप्लवका १८ जना कार्यकर्ता पक्राउ

कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला सेक्रेटरी सहित १८ नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–११ उरीबाट शनिबार राती कार्यकर्ता नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

 

पक्राउ पर्नेहरूमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी संगठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईसँगै पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी संगठनका नेताकार्यकर्ताहरु रहेका छन् ।

केही दिनयता विप्लव समूहको गतिविधि यो क्षेत्रमा बढेको सूचनाका आधारमा प्रहरीले निगरानी गरिरहेको र आमा समूहको भवनबाट साँझ ६ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ

     महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले...

माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...