अब काम खोज्दै विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छौ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

नेपालमा अहिले पनि बेरोजगारी र गरिबी प्रमुख समस्याको रुपमा रहेको छ । हरेक सरकारले यसलाई नियन्त्रण गर्नको लागि पहल गर्दै आएको भए पनि अहिलेसम्म कुनै ठोस परिणाम देखिएको छैन । अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकारले पनि बेरोजगारीलाई समाप्त पार्नको लागि नयाँ अभियान सुरु गरेको छ ।

 

यो बिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रोजगारीका लागि युवा विदेश जानुपर्ने बाध्यतालाई सरकारले रोक्ने बताउनु भएको छ । आज भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो ।

 

उहाँले भन्नुभयो, ‘देशमा अहिले युवाको जनसंख्याको बाहुल्यता छ । जनशक्तिको परिचालन गरेर हामीले देश विकासको फड्को मार्नु पर्छ ।’ प्रधानमन्त्री ओलीले अगाडी भन्नुभयो, ‘अब चाँडै युवालाई रोजगारीका लागि विदेश जानु पर्ने बाध्यता हटाउँछौं ।’

 

देश विकासका लागि अहिले उपयुक्त समय आएको भन्दै ओलीले रोजगारीका लागि नयाँ नयाँ अवसरको खोजी गर्दै विदेश जाने युवाहरुलाई रोक्ने बताउनुभयो ।

 

त्यस्तै अर्को प्रसंगमा विप्लव समुदप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले कतिपय मान्छे क्रान्तिका नाममा हिंसा भड्काउन लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाललाई गरिब बनाई राख्ने षडयन्त्रमा कोही पनि फस्नु हुदैन’, प्रधानमन्त्री ओलीले भने, ‘हिंसालाई नेपाली समाजले अस्वीकार गरिसकेको छ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...