बेलायती प्रधानमन्त्रीको निमन्त्राणमा ओलीको युरोप भ्रमण, सिके राउत पनि जाने



हाम्रो इकोनोमि

 

वर्षौपछि नेपालका राष्ट्रप्रमुख बेलायत भ्रमणमा जान लाग्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली जुन भोली देखि युरोपको भ्रमणमा जान लाग्नु भएको छ । स्वीजरल्याण्डको जेनेभामा विश्व श्रम संगठन, आइएलओको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ । उहाँ जुन १० मा बेलायतको औपचारिक भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ । बेलायती प्रधानमन्त्री टेरेसा मे को निमन्त्रणामा प्रधानमन्त्री ओली बेलायती जान लाग्नु भएको हो ।

 

उहाँहरु बिच द्विपक्षीय हितका बारेमा कुराकानी हुने जनाइएको छ । नेपाली राजदुतावासका अनुसार प्रधानमन्त्री ओलीले जुन १० साँझ विश्वकै प्रख्यात अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसैबीच कुनैबेला स्वतन्त्र मधेशको आन्दोलन गरेर केहि समय अघिमात्र राजनीतक मुलधारमा आएका मधेशी नेता चन्द्र प्रकाश राउत उर्फ सीके राउत पनि युरोपेली मुलुक अस्ट्रियाको राजधानी भियना हुँदै बेलायत आउने कार्यक्रम तय भएको छ ।

 

मानवअधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन भियना आउने राउत अक्सफोर्ड विश्वविद्यालयमा हुने मानवअधिकार सम्बन्धि कार्यक्रममा प्रमुख वक्ताको रुपमा सहभागी हुने जनाइएको छ । बेलायतस्थित मधेशी समुदायले समेत राउतको सम्मान र एक अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् । बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जुन ११ मा बेलायती प्रधानमन्त्री टेरेसा मे सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मे र ओलीबीचबको वार्ता द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा केन्द्रित हुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ

     महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले...

माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...