नर्सले गरिन् ८५ जना बिरामीको हत्या



हाम्रो इकोनोमि

 

उत्तरी जर्मनीका दुईवटा अस्पतालहरूमा ८५ जना विरामीहरूको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एकजना पूर्व पुरुष नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ । न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ती अभियुक्त नील्स हुगलको कार्यलाई सामान्य बुझाइ भन्दा बाहिर रहेको बताएका छन् ।

 

यसअघिनै दुईजनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९ देखि २००५सम्म उनको संरक्षकत्वमा रहेका मानिसहरूलाई मुटु रोग सम्बन्धी औषधीको घातक मात्रा दिएका थिए । उनलाई जर्मनीको आधुनिक इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्त‌िको रूपमा लिइएको छ ।

 

अभियोजनकर्ताहरूले भनेका छन् उनले सहकर्मीहरू माझ आफ्नो प्रभाव जमाइ राख्न विरामीहरुलाई औषधीको घातक मात्रा दिन्थे र त्यसपछि उनीहरुलाई बचाउने कोसिस गर्दथे ।

 

एक जना पूर्वसहकर्मीले जर्मन पत्रिका बिल्डलाई भनेका छन्, मुटुको धडकन कमजोर भएका विरामीहरुलाई बचाउने प्रयासमा हुगल सँधै अग्रसर रहन्थे ।

 

बयानको अन्तिम दिनमा ४२ वर्षिय हुगलले उनले मारेका विरामीहरुका परिवासंग आफूले गरेको भयानक काम का लागि माफी मागेका छन् । ‘मैले विगतमा तपाईहरूप्रति गरेको सबै कामका लागि माफी माग्छु ।’

 

उनले भने।हुगललाई डेलमेनहर्स्ट र ओल्डेनबर्गका उत्तरी सहरहरूमा सयौं बिरामीहरू मारेको आरोप लागेको थियो। उनले त्योभन्दा धेरै विरामीहरू मारेको हुनसक्ने प्रहरीको विश्वास छ तर उनीहरूको अन्तिम संस्कार गरिएसंगै सबै सम्भावित प्रमाण नष्ट भएको हुन सक्ने ठानिएको छ ।

 

हुगलले ५५ वटा हत्या गरेको स्वीकार गरेका थिए र ओल्डेनबर्गस्थित अदालतले उनलाई ८५ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको जर्मन संचार माध्यमहरूले जनाएका छन् ।

 

उनलाई सजाय सुनाउँदै न्यायाधीश ब्युर्मेनलेअदालतले मृतकहरूका अझै धेरै आफन्तका लागि अन्योल हटाउन नसकेकोमा अफसोस जनाएका छन् ।

 

बर्लिनस्थित बीबीसीकी जेनी हिल भन्छिन् उक्त मुद्दाले जर्मनीलाई स्तब्ध पारेको छ । हुगलले सन् २००५ मा एक जना विरामीलाई चिकित्सकले नलेखिदिएको औषधि दिइरहेको बेलामा उनलाई समातिएपछि मात्र उनले त्यसरी बिरामी मार्ने क्रम रोकिएको थियो ।

 

उनलाई सन् २००८मा सात वर्षको जेल सजाय सुनाइएको थियो तर उनले हत्या गरेको आशंका गरेका पीडितका परिवारहरूले थप अनुसन्धानको माग गरेका थिए ।

 

सन् २०१५ मा सकिएको दोस्रो सुनुवाईमा दुईजनाको ज्यान लिएको अभियोगमा उनले आजीवन कारावासको सजाय पाएका थिए । यद्पी त्यसबेला उनले एक जना मनोपरामर्शदातालाई आफूले ३० जनाको ज्यान लिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...