क्रिकेट रंगशाला बनाउने पैसा नभएपछि भग्ने तयारीमा ‘धुर्मुस–सन्तली’



 

चितवनको भरतपुर महानगरपालिकाको रामपुरमा बन्ने भनिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका क्रममा देखिएको विवाद मिलाउन स्थानीयले मेयर रेणु दाहाललाई गत पुस महिनामै लिखित रुपमा जानकारी गराएको तथ्य बाहिर आएको छ ।

 

रामपुरसहित आसपासका प्रभावित स्थानीयले रंगशाला निर्माणका क्रममा आफूहरूलाई परेको समस्याका बारेमा वडा नम्बर १६ का वडाध्यक्ष चतुरमान गुरुङलाई पुस महिनामा जानकारी गराएका थिए ।

वडाध्यक्ष गुरुङले रंगशाला निर्माण गर्ने जिम्मेवारी लिएको ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ र स्थानीय जनताबीच देखिएको सडक विस्तारको विवाद आफूले मिलाउन नसक्ने भन्दै मेयर रेणु दाहाललाई पुसको २९ गते पत्र लेखेर पठाएका थिए ।

वडाध्यक्ष गुरुङको पत्रसँगै रंगशाला प्रभावित स्थानीय जनताको ज्ञापनपत्र, माग र हस्ताक्षर गरिएको दस्तावेज जस्ताको त्यस्तै मेयर दाहाललाई पठाइदिएको प्राप्त दस्तावेजमा उल्लेख छ । विवाद मिलाउन मेयर दाहालले कुनै पनि पहल नगर्नुलाई स्थानीयले रहस्यका रुपमा लिएका छन् ।

 

रंगशाला बनाउने बहानामा स्थानीयको कुरै नसुनेर ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का मालिक सीताराम कट्टेल र कुञ्जना घिमिरेले पेलेरै अगाडि बढ्न खोजेपछि पाँच महिनापछि स्थानीयको आक्रोश ‘धुर्मुस–सुन्तली’ र मेयर रेणु दाहालले अहिले सामना गर्नु परेको छ ।

 

राष्ट्रिय कलाकारको छवि बनाएकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले सामाजिक सञ्जाल र युट्युब अन्तर्वार्ताहरूमा अत्यन्तै तल्लो, कानून र संविधानले नै बन्देज लगाएका शब्दावली प्रकाश कँडेलसहितका स्थानीयविरुद्ध अभिव्यक्ति दिएपछि विवादले उग्ररुप लिएको थियो ।

समय रहँदै मेयर दाहाल र ‘धुर्मुस–सुन्तली’ले स्थानीयको माग सम्बोधन गरेको भए सडकमा लगाइएको बार हटाउने अवस्था नै आउने थिएन । समय हुँदासम्म मेयर दाहालले समस्या समाधानमा पहल नै नगरेकाे स्थानीयकाे भनाइ छ ।

 

बार हटाएको बहानामा पक्राउ परेका प्रकाश कँडेलसहितका व्यक्तिहरू स्थानीय तहको निर्वाचनका बेला रेणु दाहाललाई मेयरमा जिताउन विशेष भूमिका खेलेकै व्यक्तिहरू हुन् ।

 

उनीहरूलाई पक्राउ गरेर हदैसम्मको कारबाही गर्न र क्षतिपूर्ति तिराउन माग गर्दै मेयर रेणु दाहालले विज्ञप्ति नै जारी गरेपछि प्रकाश कँडेलका आफन्त र शुभेच्छुकहरू रिसाएका छन् । प्रकाश कँडेलकी दिदीले नै मेयरको उम्मेदवार बनेर प्रचार प्रसारमा हिँडेका बेला रेणु दाहाललाई आफ्नै घरमा राखेर खानपिन गराउने गरेको प्रकाश कँडेलकी दिदीले आफ्ना अन्तर्वार्ताहरूमा बताएकी छिन् ।

 

पक्राउ परेका प्रकाश कँडेलसहितका व्यक्तिको रिहाइ र रंगशाला निर्माणका क्रममा देखिएको सडक विस्तारको विवादलाई समाधान गर्न माग गर्दै स्थानीयहरूले मंगलबार भरतपुर महानगरपालिकाको कार्यालयमा धर्ना र घेराउ गरेका छन् ।

बार हटाएको विषयलाई लिएर सीताराम कट्टेल र कुञ्जना घिमिरेले रंगशाला निर्माणको कार्यबाट हात झिक्ने भित्री तयारी गरेको स्थानीयको आरोप छ । जस्तापाताको बार लगाउँदा ६०–७० लाख खर्च भएको सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफ्ना अन्तर्वार्ताहरूमा बताउने गरेका छन् । जस्तापाताको बारमा नै यति धेरै रकम खर्च गर्ने ‘धुर्मुस–सुन्तली फाउण्डेशन’को अपारदर्शिताका विषयमा पनि प्रश्न उब्जिन थालेको छ ।

स्थानीयहरूले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’लाई रंगशाला निर्माणका बहानामा संकलन भएको पैसा र खर्च विवरण सार्वजनिक गर्न पनि माग गरेका छन् । स्थानीयहरूको यो मागलाई सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई चित्त बुझको छैन ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग