प्रदेश प्रमुख पत्नीकै संरक्षणमा ढुकुटी धन्दा



हाम्रो इकोनोमि

 

 

राज्यको जिम्मेवार निकायमा आबद्ध व्यक्तिको आडमा गलत धन्दा हुन्छ भने त्यो सबैभन्दा ठूलो अपराध हो । यस्तो अपराधलाई नियन्त्रण गर्नु राज्यको दायित्व पनि हो । तर पनि यस्तो धन्दा घट्नुको सट्टा बढ्दै गएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला कांग्रेसको कोटामा नियुक्त भएका गण्डकी प्रदेशको प्रदेशप्रमुख बाबुराम कुँवरकी श्रीमती सिता प्रसाईंले लामो समयदेखि अवैध रूपमा ढुकुटी खेलाएर थुप्रैलाई पीडित बनाएको गुनासो आएको छ ।

 

कुनै व्यक्तिले गरेको गल्तीका कारण परिवारका अन्यलाई भागीदार बनाउनु न्यायोचित नभए पनि ‘पावरफुल’ पति जो राज्यको महŒवपूर्ण निकायमा छन्, तिनको नाम लिएर गलत धन्दा हुन थालेपछि भने समस्या खडा भएको हो ।

 

पीडित थुप्रै महिलाले आफूहरूलाई पति कुँवर र विभिन्न प्रहरीको उच्च पदस्थ व्यक्तिको नाम लिँदै प्रसाईंले धम्काउने र विभिन्न कागजमा सही गर्न लगाउने गरेको आरोप लगाएका छन् । पछिल्लो समय कुँवर पत्नी प्रसाईंको ढुकुटी खेलबाट मैयाँ गौतम, साधना कोइराला, सन्जु शर्मा, सुधा प्रसाईं, नर्वदा उपाध्याय, निशा कोइरालालगायतलाई पीडित बनाएको बताइएको छ । उनको धन्दाका कारण धेरैको घरबाससमेत उडिसकेको भन्दै गुनासो गरेका छन् ।

 

उनीहरू कुँवर पत्नी प्रसाईंको ठगीविरुद्ध उजुरी बोकेर सम्बन्धित निकायमा गए पनि शक्तिकेन्द्रको प्रभावका कारण उजुरी निष्प्रभावी बनाउने काम हुँदै आएको बताइन्छ । प्रसाईंबाट पीडित हुने महिलाहरू सयौं पुगिसकेको बताइएको छ ।

 

पछिल्लोपटक सुधा ढुंगेल नाम गरेकी एक महिलालाई १० लाखको चेकमा जबर्जस्त सही गराउन लगाएर सो चेक बाउन्स भयो भन्दै प्रहरीको दुरुपयोग गरी पक्राउ गर्ने तयारी गरेको उनीहरू बताउँछन् । त्यसैगरी प्रसाईंबाट निलम रिजाल, राजेश शर्मा नाम गरेका व्यक्तिहरू समेत पीडित भएको बताइएको छ । यसैगरी निशा कोइराला नाम गरेकी महिलालाई त अमेरिका भासिन नै प्रसाईंले बाध्य पारेको बताइएको छ ।

 

कोइरालाको घरजग्गा सबै प्रसाईंले खाइदिएपछि उनी निराश भएर अमेरिकातिर हानिएको बताइएको छ । कोइरालाको बानेश्वरस्थित निवासमा गएर नै आफ्ना पतिको बडिगार्डको पेस्तोल तेस्र्याएर कोइरालालाई नेपाल छोड्न बाध्य पारेको बताइएको छ ।

 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त भएका कुँवरले आफू राज्यका निकायको मान्छे भन्दै सबैलाई दबाबमा राख्दै आएको बताइएको छ । कुँवरकै पत्नी सीता पनि विभिन्न शक्तिकेन्द्रको धाक लगाउँदै ढुकुटीको असुली गर्दै हिँडेको बताइएको छ ।

 

कांग्रेसको एकछत्र राज भएको बेला सबैतिरका अवसर लिएका प्रदेश प्रमुख कुँवरले फेरि पनि आफ्नो श्रीमतीको ठगीधन्दा मौलाउन विभिन्न उपाय अपनाउन सक्ने खतरा देखिएको बताइन्छ । बुधबारलाई पीडितहरूको उजुरी र उनले आफ्नो नाममा जबर्जस्त काट्न लगाएको चेकको फोटोकपीहरूलगायत अन्य कागजातसमेत प्राप्त भएको छ ।बुधबारबाट

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...