सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण बारे यस्तो आयो गृह मन्त्रालयको स्पष्टिकरण



हाम्रो इकोनोमि

 

विभिन्न सञ्चारमाध्यमहरुमा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गएराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी आक्रमण गर्न खोजेकोबारे समाचार आएपछि गृहमन्त्रालयले त्यसलाई हल्ला मात्रै भएको स्पष्ट पारेको छ ।

 

सोमबार गृह प्रवक्ता रामकृष्ण सुवेदीले आक्रमणको प्रयास हल्ला मात्रै भएको बताउनुभएको हो । यद्यपी गएराति छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न २५–३० जनाको समूहमा विप्लवका कार्यकर्ता गएको स्रोतको दावी छ ।

 

विप्लव समूहका कार्यकर्ताहरुले पनि आक्रमणका लागि चौकीमा पुग्दा प्रहरीहरु भागेर कोही नभएको दाबी गरेका छन् । यता सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा आईतबार राति प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताको गतिविधि बढे लगत्तै सोमबार बिहानबाटै सुरक्षा सतर्कता बढाइएको छ ।

 

गएराति छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न २५–३० जनाको समूहमा विप्लवका कार्यकर्ताको प्रयास असफल भएको प्रहरीको अनुमान थियो । कतिपयले सञ्चार माध्यमहरुले आक्रमण नै भएको दाबी गरेपनि चौकी नजिकै रहेका स्थानीय र गृह मन्त्रालयले नै आक्रमण नभएको जानकारी गराइसकेका छन् ।

 

यता, चन्द समूहका कार्यकर्ताहरुले भने आक्रमणका लागि चौकीमा पुग्दा प्रहरीहरु भागेर कोही नभएको दाबी गरेका छन् । असईको कमाण्डमा रहेको चौकीमा सातजनाको दरबन्दी भएपनि आईतबार चारजना मात्र रहेको जनाइएको छ ।

 

प्रमूख जिल्ला अधिकारी नरेन्द्र मगरले आक्रमण नभएको भन्दै विप्लव समूहको गतिविधि बढेको देखेर जिल्लाकै केही सुरक्षाकर्मी त्यता तर्फ पठाइएको बताउनुभयो ।

 

 

स्रोतका अनुसार केही हतियारधारी गाउँ पसेको सूचना आएलगत्तै चौकी खाली गरेर प्रहरी अन्यत्रै सरेका थिए । यसैबीच चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...