कांग्रेसलाई नेकपा महासचिवको चुनौती, हिम्मत भए वृद्धभत्ता बढाउनु बेठीक हो भन



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपाका महासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कडा चुनौती दिनुभएको छ । उहाँले बृद्धभत्ता लगाएका सामाजिक सुरक्षा भत्ता बृद्धि बेठीक हो भने औपचारिक रुपमा बोल्न विपक्षी नेपाली कांग्रेसलाई चुनौती दिनुभएको हो ।

 

उहाँले सामाजिक सुरक्षा भत्ता बृद्धिलगायत लोककल्याणकारी व्यवस्थाको आलोचना भइरहेकोमा असन्तुष्टि व्यक्त गर्दै विपन्न जनतालाई राहात दिने सरकारको कार्य मन परेन भन्दै हिँडे कांग्रेस राजनीति उदांगो हुने धारणा राख्नुभयो ।

 

बजेटमाथिको छलफलमा भाग लिने क्रममा सोमवार प्रतिनिधिसभामा बोल्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका महासचिव पौडेलले भन्नुभयो ‘सामाजिक सुरक्षा भत्ता बृद्धिका सन्दर्भमा जुन कोणबाट आलोचना भइरहेका छन्, हिम्मत छ भने बेठीक हो भनेर औपचारिक ढंगले भन्ने आँट गर्नुपर्छ । नत्र लोक कल्याणका लागि राज्यले गरेको सकारात्मक जिम्मेवारी बहनको आलोचना हैन प्रशंसा हुनुपर्छ ।

 

पूर्वअर्थमन्त्री पौडेलले राज्य लोककल्याणकारी दायित्वबाट बिमुख हुन नसक्ने भन्दै बृद्ध भत्तालगायत सामाजिक सुरक्षा भत्ता वृद्धिको समर्थन गर्न अपिल गर्नुभयो ।

 

पौडेले आगामी आर्थिक वर्षलाई तीब्र आर्थिक विकासको वर्ष हुने गरि बजेट आएको भन्दै यसले दुई अंकको आर्थिक बृद्धिको लक्ष्य समेट्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

 

पौडेलले बजेटको लक्ष्य पूरा हुँदा ५ लाख भन्दा बढी रोजगारी सिर्जना हुने सक्ने भन्दै ठूला पुर्वाधार विकासमा तीब्रता आउने लक्षण देखिएको बताउनुभयो ।

 

उहाँले बजेट कार्यन्वयनको चुनौति समाधानका लागि सिंगो राष्ट्र एक ठाउँमा उभिनुपर्ने बताउँदै सकारात्मक कार्यमा सकारात्म भूमिका निर्वाह गर्न प्रतिपक्षलाईपनि आह्वान गर्नुभयो ।उहाँले सार्वजनिक खरिद ऐनमा संशोधन, सम्बन्धित आयोजना प्रमुख कर्मचारीलाई उत्तरदायी बनाउनेलगायतका उपायसमेत सुझाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...