तानाशाही सरकार धेरै टिक्दैन : देउवा



हाम्रो इकोनोमि

 

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै लामो समय नटिक्ने दावी गरेका छन् । उनले सरकारले संबिधानको मर्म र भावना विपरीत काम गर्दै हिंडेकाले कम्युनिष्ट नेतृत्वको सरकार लामो समय नटिक्ने लक्षण देखाइरहेको बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले ल्याएको मिडिया काउन्सिल बिधेयक, स्वतन्त्र न्यायलयमाथिको हस्तक्षेप तथा मानवअधिकार माथिको ठाडो हस्तक्षेप संबिधानको मर्म र भावना बिपरीत रहेको बताए ।

सभापति देउवाले बर्तमान सरकार पछिल्लो समय तानाशाह शैलीमा अगाडि बढेको बताउँदै नेपालमा तानाशाह सम्भव नभएकोे जिकिर गरे । सरकारले ल्याएको मिडिया काउन्सिल बिधेयक, स्वतन्त्र न्यायलय माथिको हस्तक्षेप तानाशाहि प्रबृति भएको टिप्पणी गर्दै सभापति देउवाले सरकारले प्रेस र न्यायलयलाई स्वतन्त्र नछोडे राणा, पञ्चायत र राजा जस्तै सदाका लागि कम्युनिष्टहरुलाई पनि हटाउने चेतावनी दिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ह्वाईट बडी जहाज, बुडि गण्डकी जलबिद्युत आयोजना, बालुवाटार प्रकरणमा सरकारले चरम भ्रष्टचार गरेको समेत आरोप लगाए । उनले सरकारका गलत कामको भण्डाफोरका लागि कांग्रेसले सडक आन्दोलन समेत गर्ने बताए ।

 

दरबार हत्याकाण्डको १८ वर्ष पूरा, वंश विनाशको घटना रहस्यमै बिलायो

 

सारा विवश्वलाई स्तब्ध बनाउने गरी भएको नारायणहिटी हत्याकाण्ड १८ वर्ष बितेको छ । नेपालको राजपरिवारको एउटा वंश विनाश भएको आज १८ वर्ष विते पनि घटना रहस्यकै गर्भमा बिलाउँदै गएको छ ।

 

२०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश विनाश भएको कहालीलाग्दो दरबार हत्याकाण्ड रहस्य अझैसम्म खुल्न सकेको छैन । तत्कालीन राजा वीरेन्द्र शाहको बंशविनास भएको १८ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते भएको कहालीलाग्दो दरबार हत्याकाण्डको नेपालको इतिहासमै डरलाग्दो घटना थियो ।

 

तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको घटनाले विश्वमै सनसनी मच्चाएको थियो । नारायणहिटी दरबार हत्याकाण्डका नामले चिनिने यो हत्याकाण्डको रहस्यका बारेमा अझै नागरिकले विश्वसनीय आधार पाउन सकेका छैनन् ।

 

जेठ १९ को शुक्रबारको दिन नारायणहिटी दरबारभित्र राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए ।

 

हत्याकाण्डका विषयमा तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ । उक्त समितिले तत्कालीन युवराज दीपेन्द्र नै घटनाको मुख्य दोषी भएको किटान गरेको छ ।

 

त्यसबारेमा नागरिकले भने अझै प्रश्न उठाइरहेका छन् र विश्वसनीय आधार नभएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । तर, यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन अझै भएको छैन ।

 

दरबार हत्याकाण्डका बेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हत्याकाण्डबारे केही नबताए पनि नियोजित भएको भन्नेसम्म जानकारी गराएका थिए । यद्यपी नियोजित भनिएको यो हत्याकाण्डका बारेमा जनताले विश्वास गर्ने खालको छानबिन हुन सकेको छैन । दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहको शासनकालमा पनि यो हत्याकाण्डबारे थप छानबिनको कुनै पहल भएन ।

 

गणतन्त्र स्थापनापछि देशको कार्यकारी बनेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते हत्याकाण्डको पर्दाफास गर्ने घोषणा गरेको पनि ११ वर्ष बितिसकेको छ ।

पटक–पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमै उभिएर पनि सत्य तथ्य बाहिर ल्याउने आश्वासन त पटक पटक दिएका छन्, तर अहिलेसम्म पनि कुनै कदम चालिएको छैन ।

 

हत्याकाण्डमा राजपरिवारकै सदस्य वा बाह्य शक्तिको संलग्नता थियो या थिएन भन्ने प्रष्ट हुने आधार र तथ्य छैन । हत्याकाण्डपछि नारायणहिटी दरबारभित्र भएका धेरै तथ्य विस्तारै नष्ट हुँदै गएका छन् । हत्याकाण्डका केही प्रमाण चार वर्षपछि एक पछि अर्को गर्दै नष्ट पारिएको थियो ।

 

हत्याकाण्ड भएको त्रिभुवन सदनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा भत्काइएको थियो । ज्ञानेन्द्र शाहको बहिगर्मनपछि नारायणहिटी दरबारले संग्रहालयको रुप लियो । राजतन्त्रको नाममा गणतन्त्र र राजाको स्थान राष्ट्राध्यक्षका रुपमा राष्ट्रपतिले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...