रंगशाला बनाउँने पैसा नभएपछि धुर्मुस–सुन्तली भाग्ने तयारी, स्थानीयले गरे घेराउ



 

‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले स्थानीय गाउँलेहरूको माग पूरा गर्न सिधै अस्वीकार गरिदिएका छन् । शुक्रबार राति आठ बजेसम्म ‘धुर्मुस–सुन्तली फाउण्डेशन’को कार्यालय रामपुरमा भएको स्थानीय जनता, पाँच वटा टोल सुधार समिति तथा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सहितको बैठक बसेको थियो ।

 

बैठकमा धेरै विषयमा कुराकानी भएपनि हरेक पटक सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले यो प्रोजेक्ट अगाडि बढ्न सक्दैनौँ छाड्छौँ भनेर पटक–पटक धम्की दिएका थिए ।

 

बैठकमा स्थानीयहरूले पक्राउ परेका प्रकाश कँडेलसहितका सबै जनालाई विनासर्त रिहाइ गर्नुपर्ने, सामाजिक सञ्जाल र मिडियाहरूमा संविधान र कानूनले बर्जित गरेका अभिव्यक्ति दिएकोमा धुर्मुस र सुन्तलीले माफी माग्नुपर्ने, स्थानीय जनतालाई विकास विरोध देखाइएकोमा क्षमा माग्नु पर्ने, रंगशाला निर्माणको सुनिश्चितता हुनुपर्ने, बाटो विस्तारमा स्थानीयको घर जग्गा कटान नहुने सुनिश्चितता हुनुपर्ने यति भएमा आफूहरूले रंगशाला बनाउन जनश्रमदान गर्ने प्रस्ताव गरेका थिए ।

 

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले स्थानीय गाउँलेहरूको सबै माग अस्वीकार गरिदिएको बैठकमा सहभागी स्थानीयहरूले जानकारी दिएका छन् ।

 

शुक्रबारको बैठकमा सहमति नभएपछि शनिबार पाँच वटै टोल विकास समितिको बैठक बसेर आइतबारदेखि वडा कार्यालयमा घेराउ गर्ने निर्णय भएको स्थानीय समाजसेवी सन्तोष बस्ताकोटीले जानकारी दिए ।

 

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले गाउँलेहरूको मागलाई ठाडै अस्वीकार गरेपछि पीडित स्थानीयहरूले आइतबार बिहानैदेखि भरतपुर महानगरपालिकाको वडा नम्बर १६ को कार्यालय घेराउ गरेका छन् । मंगलपुरस्थित वडा नम्बर १६ को कार्यालयमा स्थानीय जनताहरू बिहानैदेखि जम्मा भएर समस्याको समाधान खोज्न दवाव दिएका छन् ।

 

चितवनमा चन्दा आतंक मच्चाउँदा भने जति रकम संकलन नभएपछि आत्तिएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले बार भत्काएको घटनालाई देखाएर रंगशाला बनाउने कार्यबाट पछाडि हट्न खोजेको आरोप स्थानीयले लगाएका छन् ।

 

‘यो घटनालाई स्थानीयहरूले भन्दा पनि सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले नै ठूलो बनाएर लैजानु भएको छ । नहुनुपर्ने घटना भइहाल्यो । यसलाई मिलाउनुपर्नेमा उहाँहरूले बढाएर ठूलो बनाउनुभएको छ’, एकजना स्थानीयले दैनिक नेपालसँग भने, ‘भित्री कुरा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले रंगशाला बनाउने कामबाट हात झिक्न खोज्नुभएको छ ।’

 

सडक बनाउने विवाद शुरूदेखि भएपनि सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले समाधानका लागि कुनै पहिल नगरेको स्थानीय सन्तोष बस्ताकोटीले बताए ।

 

रंगशाला बनाउन भनेर वन विज्ञान तथा कृषि क्याम्पसको बीस बिघा जग्गाभन्दा धेरै जग्गा लिएको ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले अघोषित रुपमा अरु छ विघा जग्गा क्याम्पसको अतिक्रमण गरेको छ ।

 

कृषि विषयाको पढाइ हुने एक मात्रै कृषि विश्व विद्यालयलाई संकटमा पारेर रंगशाला बनाउन खोजिएकोमा पनि स्थानीय चितवनबासीहरू रुष्ट छन् । रंगशाला निर्माणस्थलको आसपास एक किलोमिटरको क्षत्रेलाई समेत प्रभावित हुने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग