ओलीले भने ४–५ दिनमा नै प्रचण्डलाई प्रधानमन्त्री पद छाड्छु



हाम्रो इकोनोमि

 

नेपालमा अहिले सरकार परिवर्तनको चर्चा भइरहँदा दिल्लीमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकृया दिनु भएको छ । नेकपाका अध्यक्ष समेत्त रहनु भएका ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको ‘आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको स्पष्ट पार्नुभएको छ ।

 

 

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले आज त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै यो कुरा कुनै नयाँ विषय नभएको बताउनुभयो । उहाँले अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएको समेत आरोप लगाउँनु भएको छ ।

 

नेकपाका अध्यक्ष दाहालले एक टेलभिजिन अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा भएको ‘आलोपालो सरकार चलाउने’ सहमतकिो प्रसंग उठाउँदै दुवै अध्यक्षबीच कुनै समस्या नरहेको स्पष्ट पार्नुभएको थियो । उहाँले समय आएपछि प्रधानमन्त्री ओलीले कुर्सी छाड्न अफट्यारो नमान्ने भन्दै आफुलाई पनि कुनै अफट्यारो नभएको बताउनु भएको थियो । ओलीले कुराकानीका क्रममा एकीरणका बेलाको सहमति अनुसार तपाईको प्रधानमन्त्री पद एकवर्ष मात्रै बाँकी छ नि भन्ने प्रश्नमा ओलीले ‘एक वर्ष हैन ४–५ दिन मात्रै बाँकी छ’ भन्दै हाँसेर जवाफ फर्काउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...