गाैतमबुद्ध रंगशालाका नाममा विद्यालयमा चन्दा आतंक, चन्दाको न्यूनतम दर १०० रूपैयाँ



हाम्रो इकोनोमि
 

 

धुर्मुस सुन्तली फाउण्डेसनले चन्दा उठाएर निर्माण गर्ने जिम्मा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि चितवनमा स्थानीय रूपमा चन्दा संकलन तीब्र बनेको छ । आफूखुसी चन्दा दिनेदेखि विद्यार्थीको टाउको गनेर विद्यालयले चन्दा उठाउने सम्मको क्रम जारी रहेको छ । कतिसम्म भने विद्यालयले अभिभावकको नाममा पुर्जी नै काटेर न्यूनतम एक सय रूपैयाँ चन्दा दिन अनुरोध गरेको छ । अहिले एउटा विद्यालयले विद्यार्थी मार्फत अभिभावककोमा पठाएको पुर्जीको सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

 

 

यसअघि धुर्मुससुन्तली फाउण्डेसनले चन्दा उठाउन पाउनेगरी सरकारले निर्माणको जिम्मा दिएको गाैतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि फाउण्डेसनका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली देश र विदेशका विभन्न ठाउँमा पुगिसकेका छन । चन्दा संकलन सोचेको जस्तो प्रभावकारी नभए पनि घुर्मुसले रंगशालाको काम अघि बढाउन काम गरिरहेकै थिए ।

 

तर जेठ १५ गते स्थनीयले रंगशालाको बारमा डोजर नै चलाएपछि अहिले सामाजिक सञ्जालमा धुर्मुसको  र सुन्तलीको आक्रोशको चर्चा भैरहेको छ । रंगशालाको बारमा डोजर चलाउने प्रकाश कडेँलसहितका १६ जनालाइ पक्राउ गरेर प्रहरीले कारबाहीको पक्रिया समेत अघि बढाइरहेको छ । यही बीचमा फाउण्डेसनको नाममा धुर्मुसले विज्ञप्ति नै जारी गरेर काम स्थगित गरेको घोषणा गरेपछि उनको बारेमा सामाजिक सञ्जालमा अनेकथरीका टिप्पणीहरू भैरहेका छन ।

 

यसै सन्दर्भमा विद्यालयले विद्यार्थीसँग चन्दा लागि अभिभावकलाइ पत्राचार गरेको बारेमा पत्रकार विनोद ढकाल लेख्छन ‘भाई रोएर रंगशाला बन्दैन ! यो बिरोध होइन, व्यवधानको चिरफार हो ! रंगशाला चन्दा उठाएर बनाउने कि, जनताको कर तिरेको सरकारी रकमले । कसले के भत्कायो त्यो अर्को कुरा हो, विद्यालयमा चन्दा आतंक !’

यस्तै अर्का पत्रकार रमेश सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन ‘क्रिकेटप्रेमी हुँ । तर, न धुर्मुसले रंगशाला बनाउन भन्दै हजार, दुई हजार, लाख डेढ लाख उठाएको मन परेको छ । न धुर्मुसले लगाएको बार भत्काउनेलाई कारवाही गर्ने जस्तो सरकारको असाध्यै सानो हर्कत मन परेको छ । ठूलो रंगशाला निर्माण गर्नेसम्म पुग्न यस्तो सानो हर्कत हास्यास्पद हुन् ।

 

 

रंगशाला धुर्मुसले होइन राज्यले बनाउने हो । बरु राज्यले बनाउने घोषणामा धुर्मुसले कलाकारको रुपमा अभियानलाई अघि बढाउन सहयोगी भूमिका निभाइदिन सक्छन् । हाँस्य कलाकारले मुखै बिगार्ने हो । नेताले जनताको काम नै गर्ने हो मुख बिगार्ने होइन । त्यसैले रंगशाला निर्माणमा सरकार नबहकिकन आफैं लाग्नुपर्छ । अरुहरुले सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...