प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता, दुई देशको सम्बन्ध मजबुत बनाउने प्रतिवद्धता



हाम्रो इकोनोमि

 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उनीहरुबीच  शुक्रबार दिउँसो नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

वार्तामा दुईपक्षीय हितको बारेमा छलफल भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई रुद्राक्षको माला र चाँदीको सिक्का उपहार दिएका छन् । भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई दोस्रो कार्यकालका लागि बधाई तथा शुभकामना पनि दिए ।

दुई प्रधानमन्त्रीले आपसी सम्बन्ध, विशेषत: जनताबीचको सम्बन्ध, अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली दोस्रो पटक प्रधानमन्त्री बनेका बेला मोदीको शपथ समारोहमा सहभागी हुन बिहिबार दिल्ली पुगेका थिए । प्रधानमन्त्री ओली शपथग्रहणपछि भारतीय राष्ट्रपतिले सरकार प्रमुखहरुका लागि आयोजना गरेको रात्रि भोजमा सहभागी भएका थिए ।

प्रधानमन्त्री ओली समकक्षी मोदी र अन्य विशिष्टहरुसँगको भेटपछि शुक्रबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सपथग्रहणमा सहभागी हुन बिमस्टेक सदस्य राष्ट्र नेपाल, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार र थाईल्याण्डका सरकारप्रमुखलाई निम्तो दिएका थिए । बिमस्टेकका अलावा मौरिसस र किर्गिस्तानका सरकारप्रमुख पनि सहभागी भएका थिए।

सपथग्रहणमा सहभागी हुन आएका बिभिन्न देशका सरकारप्रमुखसँग मोदीले शुक्रबार बिहानबाट भेटवार्ता सुरु गरेका हुन् । सबैभन्दा पहिला उनले किर्गिस्तानका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए। त्यसपछि श्रीलंकाका राष्ट्रपति र मौरिससका प्रधानमन्त्रीसँग मोदीले भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...