धुर्मस–सुन्तलीद्धारा निर्माणधिन अन्तर्राष्ट्रिय रंगशालामा डोजर चलाउने १७ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

प्रहरीले रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेलसहित १७ जनालाई पक्राउ गरेको छ ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले गएराती कँडेलसँगै घटनामा संलग्न अन्य १६ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

 

मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि बुधबार मध्यरातमा भरतपुरबाट समातएिका हुन्। कँडेल सत्तारूढ नेकपाका स्थानीय नेतासमेत हुन्।

 

कँडेलसहित यो घटनाका १७ जना आरोपित पक्राउ परेका छन्। पक्राउ पर्नेमा एकजना महिला पनि छन्। महिलाको स्वास्थ अवस्थालाई ख्याल राखेर दैनिक हाजिर हुने गरेर परिवारको जिम्मा लगाएको र अरूलाई हिरासतमै राखेको एसपी मल्लले बताए।

 

निर्माणस्थलको तीनतर्फ बार लगाए पनि पश्चिमतर्फ भने खुलै थियो। पश्चिम सीमाका स्थानीयले बाटो चौडा बनाउन जग्गा माग गर्दै असहमति राखेका थिए।

 

डीपीआर निर्माण सकिएपछि उपयुक्त निकास दिने भन्दै फाउण्डेशनले पश्चिमतर्फ पनि जस्ताले बारेको थियो। कँडेलको समूहले त्यही बार बुधबार बिहान डोजर लगाएर भत्काएका हुन्।

 

यता धुर्मुश सुन्तली फाउण्डेशनले कर्मचारी कामदारको जीउ ज्यान र भौतिक सम्पत्तिको सुरक्षामा खतरा र गम्भीर परस्थिति सृजना भइ काम गर्ने वातावरण नभएको भन्दै काम स्थगनको घोषणा गरेको छ। बार भत्काउने क्रममा उनीहरुले कर्मचारीहरुलाई समेत धम्क्याएको धुर्मस–सुन्तली फाउण्डेशनको भनाइ छ ।

 

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा समस्याहरूको स्थायी समाधान र कामको वातावरण तयार नभएसम्म काम स्थगित गरेको उल्लेख छ।

 

कृषि तथा वन विश्व विद्यालयले उपलब्ध गराएको २० विघा जमिनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गत माघ १६ मा भएको थियो। फाउण्डेशनले जनस्तरमा सहयोग अभियान चलाएर रंगशाला बनाउन सुरु गरेको हो। डीपीआर बन्दै गरेको रंगशालाको भदौमा औपचारिक शिलन्यास गर्ने र दुई वर्षभित्र सक्ने लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस
प्रदेश मन्त्रीलाई थुन्ने, मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीको चेतावनी

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा उत्तरदायी नबनेमा प्रदेश मन्त्रीदेखि स्थानीय...

संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...