वामदेव गौतम भन्छन् : प्रधानमन्त्री फेरिन सक्छन् (भिडियोसहित)



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गाैतले प्रधानमन्त्री प्रधानमन्त्री फेरिन सक्ने संकेत गरेका छन् । एउटा नीजि टेलिभिजनलाई सोमबार राति दिएको अन्तर्वातामा उनले वर्तमान सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व फेरिन सक्ने बताएका हुन् ।

 

सरकार नफेरिने तर, प्रधानमन्त्री भने फेरिन सक्ने उनले संकेत गरे । पार्टी एकताको भावनालाई मध्यनजर गर्दै सरकार गठनको अढाई वर्षमा अर्काे प्रधानमन्त्री फेरिने बताएका हुन् ।

 

‘सरकार परिवर्तन हुँदैन, एउटा राजनीतिक विचारधारा हटेपछि अर्काे विचारधाराले सरकारको नेतृत्व गर्न पुग्दा सरकार परिवर्तन मान्न सकिन्छ । तर, यहाँ बिचारधारा एउटै छ । सरकार परिवर्तन हुँदैन तर, प्रधानमन्त्री पद परिवर्तन हुन सक्छ’, गौतमले भने ।

 

गौतमले प्रधानमन्त्री एउटा भएपनि मन्त्रीहरु फेरिएजस्तै प्रधानमन्त्री पनि फेरिन सक्ने बताए । प्रधानमन्त्री फेरिदैमा सरकार फेरिएको मान्न नसकिने बताए ।

 

उनले वर्तमान सरकार स्वच्छाचारी भएको भने स्वीकार गरेका छन् । ‘मैले वर्तमान सरकार स्वच्छाचारी भयो भनेर पार्टी स्थायी कमिटीमा लिखितरुपमै धारणा राखे’, उनले भने, ‘यहाँ सामुहिक निर्णय हुँदैन, ब्यक्ति केन्द्रीत हुन्छ ।’

 

साथै, गाैतमले पार्टी र सरकार चलाउने जिम्मा अध्यक्ष ओलीकै हातमा बढि भएकाले समस्या भएकाे टिप्पणी गरे । उनले एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी चलाउने अवराधाणामा दुई अध्यक्षात्मक प्रणाली अबलम्वन गरिएको भएपनि अहिले प्रचण्डको भूमिका अर्का अध्यक्ष ओलीको सहयाेगी जस्तो मात्र भएको उल्लेख  गरे ।

हेर्नुहाेस् भिडियो

 

प्रतिक्रिया दिनुहोस
बैंकको खराब कर्जा ५.६४ प्रतिशत पुग्यो

    नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या थप गहिरिँदै गएको छ ।...

जनकपुरधाममा आइपुग्यो अयोध्याबाट रेल

    भारतको अयोध्याबाट १७ बोकीसहित सरयू–कमला एक्सप्रेस आज बिहान जनकपुरधाम आइपुगेको छ...

बालेन र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्तरूपमा शिलान्यास

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको...

नेपाल-भारतबीच भएका आठ समझदारी

  प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ ।...