बीना मगरका पूर्वपतीसहित तीन जनाले विप्लव समूह छाडे



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका छन्।

मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’सँगै पक्राउ परेका उनीहरुले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

 

ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाडे लगत्तै अधिकारीसहित संजिव कार्की र देवराज घिमिरेले विप्लव नेकपा पार्टी परित्यागसहित हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिका लागि आत्मसमर्पण गरेको प्रशासनले जनाएको छ।

 

शंकर अधिकारी खानेपानी मन्त्री बीना मगरका पूर्वपती हुन् ।  अधिकारी तत्कालीन एमाओवादीको काठमाडौँ जिल्ला नेता हुँद पार्टी विभाजनसँगै उनी बैद्य समूह र त्यसपछि विप्लव समूहमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...