सरकारको अनुमतिबिनै अमेरिकी राजदूतले सुरु गरे ‘गफगाफ’



हाम्रो इकोनोमि

 

सरकारको असहमति र विवादका बाबजुद नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गरेका छन् ।

 

बेरीले गत सोमबार सामाजिक सञ्जालमा जोडिएका नेपाली नागरिकसँग कुराकानी गर्ने भन्दै ‘राजदूतसँग गफगाफ’कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । पूर्वघोषणा अनुसार बेरीले आज सामाजिक सञ्जालमा कार्यक्रमको पहिलो शृंखलाको भिडियो प्रसारित गरेका छन् ।

कार्यक्रमको पहिलो अंकमा अमेरिकामा पढ्न जान चाहने विद्यार्थीसम्बन्धी नेपाली विद्यार्थी प्राचीको प्रश्नको जवाफ दिएका छन् ।

दूताबासले सार्वजनिक गरेको भिडियोमा प्राचीले अमेरिका पढ्न जाने सोच बनाएका विद्यार्थीहरुलाई के सल्लाह दिनुहुन्छ भनेर प्रश्न गरेकी छन् । जवाफमा अमेरिकी राजदूत बेरीले यसबारे जानकारी दूताबासका शिक्षासम्बन्धी सल्लाहकारलाई सुझाव दिएका छन् ।

कार्यक्रम हेर्दा राजदूतले सिधै अन्तर्क्रिया गर्ने नभई प्रश्न लिएर आउने र राजदूतले जवाफ दिने देखिन्छ । अमेरिकी दूताबासले केही समय अघि ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गर्ने बताए पनि यसको स्वरुपबारे केही बताएको थिएन ।

यसरी खुल्मखुल्ला गरिने अन्तरक्रिया गैरकूटनीतिक हुने र यसले नेपालको आन्तरिक विषयमा टिकाटिप्पणी गर्ने तहमा राजदूतलाई स्थान दिने भन्दै त्यसको नागरिक तहमा विरोध भइरहेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरु माधवकुमार नेपाल र भीम रावलले राजदूतको यस्तो काम गैरकुटनीतिक हुने भन्दै आलोचना गरेका थिए।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...