सरकारको अनुमतिबिनै अमेरिकी राजदूतले सुरु गरे ‘गफगाफ’



हाम्रो इकोनोमि

 

सरकारको असहमति र विवादका बाबजुद नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गरेका छन् ।

 

बेरीले गत सोमबार सामाजिक सञ्जालमा जोडिएका नेपाली नागरिकसँग कुराकानी गर्ने भन्दै ‘राजदूतसँग गफगाफ’कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । पूर्वघोषणा अनुसार बेरीले आज सामाजिक सञ्जालमा कार्यक्रमको पहिलो शृंखलाको भिडियो प्रसारित गरेका छन् ।

कार्यक्रमको पहिलो अंकमा अमेरिकामा पढ्न जान चाहने विद्यार्थीसम्बन्धी नेपाली विद्यार्थी प्राचीको प्रश्नको जवाफ दिएका छन् ।

दूताबासले सार्वजनिक गरेको भिडियोमा प्राचीले अमेरिका पढ्न जाने सोच बनाएका विद्यार्थीहरुलाई के सल्लाह दिनुहुन्छ भनेर प्रश्न गरेकी छन् । जवाफमा अमेरिकी राजदूत बेरीले यसबारे जानकारी दूताबासका शिक्षासम्बन्धी सल्लाहकारलाई सुझाव दिएका छन् ।

कार्यक्रम हेर्दा राजदूतले सिधै अन्तर्क्रिया गर्ने नभई प्रश्न लिएर आउने र राजदूतले जवाफ दिने देखिन्छ । अमेरिकी दूताबासले केही समय अघि ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गर्ने बताए पनि यसको स्वरुपबारे केही बताएको थिएन ।

यसरी खुल्मखुल्ला गरिने अन्तरक्रिया गैरकूटनीतिक हुने र यसले नेपालको आन्तरिक विषयमा टिकाटिप्पणी गर्ने तहमा राजदूतलाई स्थान दिने भन्दै त्यसको नागरिक तहमा विरोध भइरहेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरु माधवकुमार नेपाल र भीम रावलले राजदूतको यस्तो काम गैरकुटनीतिक हुने भन्दै आलोचना गरेका थिए।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...