“सारेगमप”मा प्रितमले मच्चाए धमका, सलमानले गरे प्रसंम्सा, क्याट्रीनाले उठेरै गरिन तारिफ (भिडियो)



हाम्रो इकोनोमि

 

बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाली बाबु प्रितम आचार्यको तारिफ गरेका छन् ।

भारतको चर्चित सिन्गिंग रियालिटी शो सरेगमप लिटिल च्याम्प्समा नेपालका प्रितम आचार्यको तारिफ सलमान खान र कट्रिना क्याफले गरेका हुन् ।

सरेगमापा लिटिल च्याम्प्समा तहल्का मच्चाएका प्रितमलाई सलमानले चर्चित गायक उदित नारायण झा संग तुलना गरेका हुन् भने बल उदितनारायण भनेर तारिफ गरेका हुन् ।

जी टिभीको युट्युब च्यानलमा राखिएको कार्यक्रमको सानो प्रोमोमा यो हप्ताको एपिसोडमा सलमान खान र कट्रिना क्याफ अतिथि रहेको जानकारी आएको छ भने उक्त भिडियो क्लिपमा नेपालका प्रितमले गाएको गीत पनि हाइलाइटमा राखिएको छ ।

 

 

उक्ति एपिसोड यो हप्ताको सनिबार र आइतबार प्रसारण हुँदै छ । तर प्रितमको प्रस्तुति कुन दिन प्रसारण हुन्छ भन्ने खबर आएको छैन । नेपालको इटहरीका ११ बर्षीय प्रितम आचार्य यति बेला देश विदेशमा निकै चर्चाको पात्र बनेका छन । उनको गायकीको फ्यान यतिबेला भारतमा पनि निकै बढेका छन् ।

उसो त अडिसनमै सोनु निगमको आवाजमा रहेको बोर्डर फिल्मको ‘कि घर कव आओगे’ गीत गाएर सबैको मनमा बस्न सफल भएका थिए । भारत पाकिस्तानको सिमानामा आधारित फिल्म बोर्डरमा समाबेस यो गीत निकै चर्चित गीत हो । यो गीत गया संगै उनको चर्चा सरेगमपमा अन्य प्रतिष्पर्धीको भन्दा निकै बढी भएको थियो ।

त्यसपछि पनि प्रितमले ब्याक टु ब्याक उत्कृष्ट प्रस्तुतिउ दिएका थिए । उदितनारायणलाई आफ्नो आइडल मान्ने प्रितमको चर्चापनि उदितनारायण संगै जोडेर कार्यक्रममा आउने अतिथिहरुले गर्ने गरेका छन् । भारतका चर्चित सेलिब्रेटीहरुले पनि सामाजिक संजालमा नेपालका उदयमान बाल कलाकार प्रितमको प्रसंशामा आफ्ना सब्द खर्चेका छन् ।

नेपालका प्रितम सहित आयुस केसीले भारतका विभिन्न ठाउँबाट आएका लाखौ बाल कलाकारलाई चुनौती दिंदै आफ्नो हुनर देखाइरहेका छन् । प्रितम संगै यतिबेला टप ९ मा पुगेका नेपालका अर्का बाल कलाकार आयुष केसीले समेत आफ्नो गायकीबाट सबैको मन जितेका छन् ।

उनले पनि विभिन्न समयमा चार्टबास्टर पर्फमेन्स दिंदै सबैको नजर आफूतिर तानेका छन् । लाखौबाट छानिएर आएका बाल कलाकारहरु मध्ये यतिबेला टप ८ को लागि ९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

केहि हप्ताको निरन्तर प्रतिस्पर्धीले दिएको प्रस्तुतिका आधारमा जुरीजजको मुल्यांकनको आधारमा धेरै नम्बर ल्याउने अघिल्लो चरणमा जाने गरेका छन् । नेपालका बल प्रतिभा आयुष र प्रितम दुबैलाई विजेताको दाबेदार मानिएको छ । आफ्नो हुनर देखाइरहेका दुबैलाई हाम्रो तर्फबाट शुभकामना !

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...