अध्यक्ष प्रचण्डले पनि मोदीलाई दिए यस्तो बधाई



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । लोकसभा निर्वाचन २०१९ मा भारती मतका साथ विजयी भएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बधाई दिएका हुन् ।

 

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना’, प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

यद्यपी, लोकसभा निर्वाचनको पूर्ण मत परिणाम आएको छैन । मतपरिणामको औपचारिक घोषणा पनि भएको छैन । अहिले भारतमा मतगणना चलिहरको छ ।

यसअघि नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई बधाई दिएका थिए । नेपाली नेताहरुले मोदीलाई बधाई दिन हतार गरेको भन्दै सामाजिक सञ्जालहरुमा चर्काे आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...