भारतमा जताततै मोदीको मुखौटा लगाएरकार्यकर्ता नाच्न थाले : मतपरिणाममा उच्च अग्रता



हाम्रो इकोनोमि

 

भारतको निर्वाचनको मत परिणाम अन्तिम क्षणमा छ । अधिकांश स्थान भारतिय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ । यो खबर आउन थालेसँगै भारतभरी भाजपाका कार्यकर्तामा उल्लास छाएको छ । धेरै स्थानमा कार्यकर्ताहरु उत्सव मनाउन थालिसकेका छन् । नरेन्द्र मोदीको मुखौटा लगाएर नाचिरहेका तस्विर बाहिर आएका छन् ।

 

एप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताहरूले संसद्को तल्लो सदन लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि मतदान गरेका थिए। देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो । आज बिहानदेखि मतगणना सुरु भएको छ। अहिलेसम्म भारतिय जनता पार्टी (भाजपा) ले ३४४ स्थानमा अग्रता लिएको छ ।

 

भारतिय राष्ट्रिय कांग्रेसले मात्र ८४ स्थानमा अग्रता लिएको छ भने अन्य पार्टीहरुले ११४ स्थानमा अग्रता लिएको छ । भारतिय राष्ट्रिय कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा लिइएका राहुल गान्धी समेत ताजा मत परिणाममा पछाडी परेका छन् । उनी उत्तर प्रदेशको अमेठीबाट उठेका थिए ।

 

उता उनकी आमा अर्थात भारतिय राष्ट्रिय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धिले भने अग्रता लिएकी छिन् । भारतिय जनता पार्टी (भाजपा) का नेता तथा बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको भने निक्कै उच्च अग्रता रहेको छ । उनी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार छन् ।

 

भारतिय जनता पार्टी (भाजपा) की समृति इरानीलेपनि उच्च अग्रता लिएकी छिन् । भारतिय जनता पार्टी (भाजपा) कै चर्चित नेताहरु अमित शाह, राजनाथ सिंह, साक्षी महाराज, हेमा मालिनी, बरुण गान्धी, मेनका गान्धी, गौतम गम्भीर लगायतले अग्रता लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...