भारतमा जताततै मोदीको मुखौटा लगाएरकार्यकर्ता नाच्न थाले : मतपरिणाममा उच्च अग्रता



हाम्रो इकोनोमि

 

भारतको निर्वाचनको मत परिणाम अन्तिम क्षणमा छ । अधिकांश स्थान भारतिय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ । यो खबर आउन थालेसँगै भारतभरी भाजपाका कार्यकर्तामा उल्लास छाएको छ । धेरै स्थानमा कार्यकर्ताहरु उत्सव मनाउन थालिसकेका छन् । नरेन्द्र मोदीको मुखौटा लगाएर नाचिरहेका तस्विर बाहिर आएका छन् ।

 

एप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताहरूले संसद्को तल्लो सदन लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि मतदान गरेका थिए। देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो । आज बिहानदेखि मतगणना सुरु भएको छ। अहिलेसम्म भारतिय जनता पार्टी (भाजपा) ले ३४४ स्थानमा अग्रता लिएको छ ।

 

भारतिय राष्ट्रिय कांग्रेसले मात्र ८४ स्थानमा अग्रता लिएको छ भने अन्य पार्टीहरुले ११४ स्थानमा अग्रता लिएको छ । भारतिय राष्ट्रिय कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा लिइएका राहुल गान्धी समेत ताजा मत परिणाममा पछाडी परेका छन् । उनी उत्तर प्रदेशको अमेठीबाट उठेका थिए ।

 

उता उनकी आमा अर्थात भारतिय राष्ट्रिय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धिले भने अग्रता लिएकी छिन् । भारतिय जनता पार्टी (भाजपा) का नेता तथा बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको भने निक्कै उच्च अग्रता रहेको छ । उनी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार छन् ।

 

भारतिय जनता पार्टी (भाजपा) की समृति इरानीलेपनि उच्च अग्रता लिएकी छिन् । भारतिय जनता पार्टी (भाजपा) कै चर्चित नेताहरु अमित शाह, राजनाथ सिंह, साक्षी महाराज, हेमा मालिनी, बरुण गान्धी, मेनका गान्धी, गौतम गम्भीर लगायतले अग्रता लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...