राहुल गान्धी हार्ने, नरेन्द्र मोदी जीत्ने पक्का



हाम्रो इकोनोमि

 

भारतीय लोकसभा निर्वाचनमा २ स्थानबाट उम्मेदवार बनेका भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक स्थानमा पछि परेका छन् ।मतगणनाको प्रारम्भिक गणना आइरहँदा राहुल अमेठी क्षेत्रमा पछि परेका हुन् । उनलाई नायकिा स्मृति इरानीले पछि पारेकी हुन् ।

 

आजतकका अनुसार पछिल्लो परिणाममा राहुल स्मृतिभन्दा २ हजार मतले पछि छन् । अमेठीको प्रारम्भिक गणनाको नतिजा राहुलको पक्षमा नदेखिए पनि केरला राज्यको यायनाड निर्वाचन क्षेत्रमा राहुललाई अग्रता मिलेको छ ।

 

प्रारम्भिक गणनामा भारतीय जनता पार्टीका अध्यक्ष अमित सिंहले भने लिड गरेका छन् । गजुरातको गान्धीनगर क्षेत्रबाट उम्मेदवार बनेका उनले अग्रता लिइरहेको टाइम्स अफ इन्डियाले जनाएको

 

वाराणसीमा मोदीलाई दोब्बर बढी अग्रता, जीत पक्का

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् ।बाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा होमिएका मोदीले प्रारम्भिक मत गणनामा कांग्रेस उम्मेदवारलाई दोब्बर बढी मतले पछि पारेका हुन् ।

 

दैनिक भास्करका अनुसार मोदीलाई हालसम्म ११ हजारको अग्रता मिलेको छ । मोदीले २१ हजार २ सय ३६ मत ल्याउँदा कांग्रेसका अजय राय ९९८४ मतका साथ मोदीलाई पछ्याइरहेका छन् । शालिनी यादव तेस्रो स्थानमा छिन् । उनले ९२६१ मत पाएकी छन् ।

 

बिहान ८ बजेबाट सुरु भएको निर्वाचनमा मोदीको दल भारतीय जनता पार्टीले अग्रता लिइरहेको छ । आजतकका अनुसार, सत्तारुढ गठबन्धन एनडीए ३१० स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीएले एनडीएलाई पछ्याइरहेको छ । यसका १११ उम्मेदवार विभिन्न क्षेत्रमा अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...