भिडण्तमा प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ताको मृत्यु



हाम्रो इकोनोमि

 

प्रहरीको गोली लागेर पहिलोपटक विप्लवका कार्यकर्ता मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो । ३२ वर्षीय घिमिरे षडानन्द नगरपालिका–२, कुदाककाउलेका हुन् । घिमिरेको तिघ्रामा गोली लागेको थियो ।

 

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको  बताए ।

 

भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै खसेकाे पहिरोले बाटाे अवरुद्ध भएपछि  समयमा अस्पताल पुर्‍याउन नसकिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ ।

 

तर, विप्लव समूहले भने प्रहरी दाबीको खण्डन गरेको छ । नेकपा सगरमाथा व्युरोका नेता शैलेसले प्रहरीसँग कुनै मुठभेड नभएको बताए । आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेकाे  भन्दै उनले आक्रोस पोखे ।

 

‘प्रहरीले मुठभेडका क्रममा गोली लागेको भनेको छ । यो सरासर झूट कुरा हो’, नेकपा सगरमाथा व्युरोका नेता शैलेसले  भने, ‘मुठभेडका नाममा नियन्त्रणमा लिएर हत्या गरिएको हाे ।’

 

केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेकाे बताएकाे छ ।

 

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिँदै आएको छ । केही स्थानमा मुठभेडसमेत भएका छन् । तर, ज्यान नै गएको घटना भने यो पहिलो हो ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...