न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्वारा आयोजित रास्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता ०७६ सम्पन्न (फोटो फिचर)



हाम्रो इकोनोमि

 

न्यू जावालाखेल तेक्वान्दो डोजाङ्ग“द्धारा आयोजित रास्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०७६ मा सितापाइला तेक्वान्दो डोजाङ्ग प्रथम भएको छ । उस्ले ५ स्वर्ण, ४ रजत र ३ कास्य सहित प्रथम उपाधी हात पार्न सफल भएको हो ।

 

उस्ले ५० हजार राशीका साथ टर्फी हात पारेको छ । यस्तै दोश्रो स्थान दिलिप स्मृति र युनाइटेड तेक्वान्दो डोजाङ्ग तेस्रो स्थानमा जीत हासिल गर्न सफल भएका छन् ।

 

दोश्रो स्थान हासिल गर्ने दिलिप स्मृतिले ३० हजार नगद राशीका साथ टर्फी हात पारेको छ । यस्तै,तेश्रो स्थान हासिल गर्न सफल युनाइटेड तेक्वान्दो डोजाङ्गले २० हजार नगद सहिद मेडल ट्रफी प्राप्त गर्न सफल रह्यो ।

 

विजेताहरुलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सम्मानीत गरेका हुन् ।
ललितपुर पाटन भ्रमण जाऔ,आन्तरिक तथा बाह्य पर्यटक बढाऔ भन्ने मुल नाराका साथ गत ३ जेष्ठमा शुरु भई ३ दिनसम्म धोविघाटस्थित फुटसलमा चलेको उक्त प्रतियोगितामा देशैभरबाट ६ सयभन्दा बढी तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो ।

 

उक्त प्रतियोगिताको उद्घाटन रास्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले गरेका थिए ।कार्यक्रममा समाज र खेलकुद क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ बिरगंजका खेलाडी उत्कृष्ट घोषित भए भने महिला तर्फ युनाइटेड तेक्वान्दो डोजाङ्गको खेलाडी उत्कृष्ट घोषित भइन ।

 

उक्त डोजाङ्गले आठौं रास्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा स्वर्ण पदक प्राप्त गर्ने तेक्वान्दो खेलाडी अनुज पुजारी तथा कास्य पदक प्राप्त गर्ने सोहि डोजाङ्गकि खेलाडी निशा दर्नाललाई समेत सम्मान गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...