गृहजिल्ला पुगेर ऐँसेलु टिप्दै, यसरी बाल्यकाल सम्झे बाबुरामले [१० तस्वीर]



हाम्रो इकोनोमि
 

लामो समय देखि वैकल्पिक शक्ति निर्माणमा लाग्नु भएका डा.बाबुराम भट्टराई आफ्नो गृह जिल्ला गोरखा पुग्नु भएको छ । समाजवादी पार्टीका अध्यक्ष भट्टराईले मासिक निर्वाचन क्षेत्र भ्रमणका क्रममा आइतबार गोरखा पुगेर ऐँसेलु टिप्दै गोठाले बाल्यकालको सम्झना गर्नुभएको छ ।

 

उहाँले ऐँसेलु टिपेको तस्वीर सार्वजनिक गर्दै यस्तो जानकारी दिनु भएको छ । उहाँले केही तस्वीर फेसबुकमा राख्दै लेख्नु भएको छ । मासिक निर्वाचन क्षेत्र भ्रमणको क्रममा यस पटक गोरखा–२ को ठाँटीपोखरीदेखि बयापानी,पाँडेवेसी,केरावारीसम्म लामोसमयदेखि अवरूद्ध दूधपोखरी सडकमार्ग निर्माणको निरिक्षण गरियो !

 

त्यहाँदेखि माथि अझै अपूरो रहेको पाउँदा दुःख लाग्यो ! थप बजेट रकमान्तर गराएर यो बर्ष ट्रयाक पूरै खोल्ने अपेक्षा गरिएको छ ! फर्कनेक्रममा ऐतिहासिक सिरानचोकको काखमा अवस्थित चित्रे पोखरी र हर्मी भन्ज्यांगमा रमाइलो जनभेटघाट गरियो ! आफ्नो पालामा शुरू गरेको भच्चेकसम्मको सडक निर्माण तीब्र रूपले कालोपत्रे भैरहेको पाउँदा निकै हर्षको अनुभूति भयो !

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...