दुबईमा विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु



हाम्रो इकोनोमि

 

युनाइटेड अरब इमिरेट्समा भएको एक विमान दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।

युनाइटेड अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक एक सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।

मिडियाहरुका अनुसार दुर्घटना स्थानीय समय अनुसार बिहिबार साँझ ७ बजेर ३० मिनेटमा भएको हो।

डीए–४२ नामक उक्त चार सिटे विमानमा चालक, सहचालक र दुई यात्रु सहित ४ सवार थिए।

दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु भएको र मृत्यु हुनेहरुमा तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिक रहेको दुबईका अधिकारीहरुले बताएका छन्।

दुर्घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल झन्डै ४५ मिनेट बन्द भएको बताइएको छ।

मिडिया रिपोर्टका अनुसार विमानस्थलतिर आएका एस् सम्पूर्ण विमानलाई अन्तै मोडिएको थियो भने उडानभर्न तयार विमानहरुले पनि ढिलो उडान भरेका थिए।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...