मदन भण्डारीले जे भन्नुभयो, त्यो ठिक होइन : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकीकृत पार्टीले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने प्रष्ट पारेका छन् । तर, उनले मदनले हिजो जे भने, त्यहीमात्र अन्तिम नभएको बताए । एक वर्ष लगाएर पार्टीको सांगठनिक एकता टुंग्याएसँगै नेकपामा वैचारिक बहस सुरु भएको छ ।

 

२६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित स्मृतिसभामा पनि त्यो झल्कियो । ओलीभन्दा अगाडि बोलेका अर्का अध्यक्ष प्रचण्डले मदन भण्डारीको बिचारमात्र बोकेर बस्ने कि अघि बढ्ने भन्ने प्रश्न गरेका थिए ।

 

ओलीले मदनका विचार छाड्न नमिल्ने जवाफ दिए । उनले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले भने जस्तै जबजलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहिमात्र अन्तिम होइन । हामी उहाँको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं ।’ उनले अघि भने, जननेता भण्डारीले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन र छाड्नै मिल्दैन ।’

 

मदन आश्रित स्मृति दिवसको कार्यक्रममा अर्का अध्यक्ष प्रचण्डले पार्टीको विचारबारे अधिकांश समय बोल्दा ओलीले भने सरकारका कामकारवाहीको बचाउमा समय खर्चिए ।

 

जनतामा निराशामा बाँड्ने र समाजमा अराजकता सिर्जना गर्ने प्रयास भइरहेको भन्दै उनले सिंगो पार्टी एकजुट भएर विपक्षीका भ्रम चिर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक बनाउने प्रयास भइरहेको छ । यस्ता कुरामा हाम्रो पार्टी सजग र एकताबद्ध ढंगले अघि बढ्नुपर्छ । गणतान्त्रिक संस्था र पद्धति विरुद्धको सुनियोजित प्रचारविरुद्ध पार्टी पंक्ति दृढतापूर्वक उभिनुपर्छ । अहिले राष्ट्रपति, उपराष्ट्रपतिको होइन । गणतान्त्रिक पद्धतिको बिरोध भइरहेको हो भनेर बुझनुपर्छ ।’

 

सरकारको नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ नभएपछि कांग्रेस र केही बुद्धिजिवीहरु ‘मेरो सरकार’को पछि लागेको ओलीले बताए । संसारभर राष्ट्रपति वा राष्ट्रप्रमुखले आफ्नो सरकारको वक्तव्य पढ्ने गरेको भन्दै उनले कुवाभित्रबाट आकाश जत्रो देखिन्छ त्यत्रोमात्र हुन्छ भन्ने ठान्न नहुने बताए ।

 

ओलीले अघि भने–राष्ट्रपतिले आफ्नो सरकारको प्रतिवेदन नपढेर कसको सरकारको प्रतिवेदन पढ्छ ? मेरो सरकारको होइन भने कसको सरकारको नीति कार्यक्रम पढ्ने ? यस्ता स्याल हुँइयामा देशको जेठो भनिएको पार्टी कांग्रेस त लाग्यो लाग्यो, केही बुद्धिजिवीहरु समेत लागेको देख्दा अचम्म लाग्यो ।’

 

पार्टी एकीकरणको प्रक्रिया लगभग सकिएको भन्दै उनले सिंगो पंक्ति सरकारको नीतिको रक्षामा उभिनुपर्ने बताए । कार्यकर्ता पंक्ति एकजुट भएर गणतन्त्रान्तिक पद्धतिको पक्षमा दृढतापूर्वक उभिनुपर्ने भन्दै उनले अहिले नेकपाको बहुमत नपचेकाहरुले समाजमा स्वतन्त्रताको नाममा अराजकता सिर्जना गर्न खोजिरहेको बताए ।

 

प्रधानमन्त्री ओलीले भने, ‘अहिले हामीसँग दुई तिहाई अलितकति पुगेको छैन, तिनीहरुलाई हाम्रो बहुमत नपचेर के गर्नु ? अर्को पटक नेकपाले एकल रुपमा दुई तिहाई ल्याउँछ । हाम्रो यो सफलताको शिखर होइन, आरम्भ हो ।’

 

मिडिया र सामाजिक सञ्जालमा अराजकतालाई स्वतन्त्रताको परिभाषाभित्र पार्न जबर्जस्त प्रयास भइरहेको भन्दै नागरिकका पनि कर्तव्यहरु संविधानले प्रष्ट पारेको बताए ।

 

सरकारले राम्रा काम गर्दा उल्टै नेकपा र सरकारको नेतृत्वको विरोध भइरहेको ओलीले बताए । २०४७ सालदेखि बिभिन्न व्यक्तिले कब्जा गरेको बालुवाटारको जग्गा फिर्ता ल्याउन लाग्दा सरकारकै आलोचना भएको भन्दै दुःख व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...