मदन भण्डारीको हत्यारा पत्ता लाग्छ : गृहमन्त्री



हाम्रो इकोनोमि

 

जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी  प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए ।

 

नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं,’ भण्डारीको सालिक अगाडि उभिएर गृहमन्त्री थापाले भने, ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’ थापाले हत्यारा खोजीको प्रक्रिया सुरु भएको दाबी गरे पनि त्यो कसरी अघि बढ्दै छ भन्नेबारे भने केही पनि खुलाएनन् ।

 

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनालाई रहस्मय ठानिँदै आएको छ ।

 

मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् । तर, २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...