बल्खुबाट नेकपाको २२ जनवर्गीय संगठनहरूको घोषणा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २२ जनवर्गीय संगठनको एकीकरण टुङ्ग्याएको घोषणा गरेको छ । काठमाडौंको बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनवर्गीय संगठनका संयोजकहरूको नाम पढेर सुनाइएको छ । बिहीबार बसेको सचिवालय बैठकले २३ जनसंगठनमध्ये २२ संगठनको भागबन्डा टुङ्ग्याउँदै घोषणा गरिएको छ ।

एउटा पक्षले संयोजकको जिम्मा पाएको संगठनमा अर्को पक्षलाई सह–संयोजक बनाइएको छ । नेकपाका महासचिव विष्णु पौडेलले सबै जनसंगठनको नेतृत्वको नामावली सार्वजनिक गरेका हुन् ।

– नेपाल मुस्लिम संगठन, २५१, संयोजक सराहज अहमद, सहसंयोजक अटहर हुसेन

– प्रेस संगठन नेपाल, १५१ संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत

– अपाङ्गता संगठन नेपाल, ६९ संयोजक इन्द्रमाया गुरुङ, सहसंयोजक रामप्रसाद ढुङ्गाना

– खेलकुद महासंघ, नेपाल संयोजक पुरुपोतमा पौडेल, सहसंयोजक शिव कोइराला

– नेपाल दलित मुक्ति संगठन २५१ संयोजक तिलक परियार, सहसंयोजक बोमबहादुर विश्वकर्मा

– जनसांस्कृतिक महासंघ नेपाल २५१ संयोजक खगेन्द्र राई, सहसंयोजक सूर्य पौडेल

– नेपाल उद्योग व्यवसायी महासंघ, १५१ संयोजक लक्ष्मीदास मानन्धर, सहसंयोजक श्याम पाठक

– नेपाल बुद्धिविजबी संगठन, १६१ संयोजक दिनेशचन्द्र देवकोटा, सहसंयोजक कृष्ण केसी

– मानवअधिकार तथा समाजिक अभियान ४५, संयोजक मीनबहादुर शाही, सहसंयोजक भुपेन पोखरेल

– पेशागत महासंघ, १११ संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक दयाराम बस्याल

– भूमिहीन सुकुम्वासी संगठन, ९९, संयोजक रामप्रित पासवान, सहसंयोजक पदम देवकोटा

– अनेरास्ववियु २५१, संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ

– युवासंघ २५१ संयोजक रामप्रसाद सापकोटा, सहसंयोजक रमेश पौडेल

– आदिवासी जनजाती महासंघ, २५१ संयोजक सुरेश आलेमगर, सहसंयोजक शेरबहादुर तामाङ

– भूतपूर्व सैनिक तथा प्रहरी संगठन २५१ संयोजक धनबहादुर चन्द, सहसंयोजक जीवन बुढा

– ट्रेड युनयिन महासंघ २५१ संयोजक विनोद श्रेष्ठ, जगत सिंखडा

– अखिल नेपाल महिला संघ २५१ संयोजक अमृता थापा, सहसंयोजक सीता पौडेल

– अखिल नेपाल किसान महासंघ २५१ संयोजक बामदेव गौतम, सहसंयोजक चित्र बहादुर श्रेष्ठ

– प्रवासी नेपाली एकता मञ्च भारत १९९ संयोजक लोकनाथ भण्डारी, सहसंयोजक ईश्वरी भण्डारी

यसअघि तीन महत्वपूर्ण संगठन एकता भैसकेको छ । नेपाल कानून व्यवसायी, निर्माण व्यवसायी र इन्जिनियरहरूको संगठन सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...