मिल्यो जनवर्गीय संगठनको भागवण्डा, एमालेलाई १३, माओवादीलाई ९ अध्यक्ष



हाम्रो इकोनोमि

 

जनवर्गीय संगठनको एकीकरण टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपाका २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाउने प्रस्ताव छ ।

 

नेकपा स्रोतका अनुसार तत्कालीन एमालेले १३ वटा भातृसंगठनको अध्यक्ष पाउने र तत्कालीन माओवादीले ९ वटाको नेतृत्व लिने गरि छलफल अघि बढेको छ । यो संख्या १२ र १० मा टुंगो लाग्ने सम्भावना पनि उत्तिकै रहेको सचिवालयका एक सदस्यले बताए ।

 

सबैभन्दा प्रभावशाली मानिने युवा र विद्यार्थी संगठनमध्ये पूर्व एमालेले विद्यार्थीको नेतृत्व लिने भएको छ । त्यस्तै युवाको नेतृत्व पूर्व माओवादीले पाउने सम्भावना रहेको छ । मजदूर संगठनको नेतृत्व पनि पूर्वएमाले पाउँदा महिलाको नेतृत्व पूर्वमाओवादीले पाउनेछ ।

 

संगठनको बाँडफाँडपछि व्यक्तिको बारेमा पनि छलफल हुने बताइएको छ । जिल्ला कमिटी एकीकरणकै मोडलमा साबिक अध्यक्षहरुलाई अध्यक्ष र महासचिव बनाउने वा संयोजक तथा सहसंयोजकको मोडलमा जाने भन्ने टुंगो बैठकबाटै लाग्ने बताइएको छ ।

 

पार्टी एकीकरणको एक वर्ष पुगेको अवसरमा जेठ ३ गते शुक्रवार जनवर्गीय संगठनहरुको एकीकरण टुंग्याउने प्रयास भइरहेको नेताहरुले बताएका छन् । नेकपा स्रोतका अनुसार युवाको अध्यक्ष पूर्व माओवादीले पाउँदा रामप्रसाद सापकोटा अध्यक्ष हुनेछन् ।

 

त्यस्तै विद्यार्थीको अध्यक्ष पूर्वएमालेले पाउँदा ऐन महरलाई बनाउने चाहना केपी ओलीको छ । हालकी अध्यक्ष नविना लामा प्रतिनिधिसभा सदस्य रहेकाले महासचिव महरलाई बनाउन खोजिएको हो । यद्यपी उपाध्यक्षहरुमध्येबाट बनाउनुपर्ने दबाब पनि नेतृत्वमाथि छ । सचिवालय बैठकमा पोलिटव्यूरो सदस्यहरुको नाम टुंगो लगाउने र केन्द्रीय सदस्यहरुको कार्यबिभाजनका बारेमा पनि छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ

     महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले...

माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...