धमलामाथि विश्वप्रकाशको हमला, श्रीमती एलिजालाई किन पिट्नुहुन्छ ( भिडियोसहित )



हाम्रो इकोनोमि

 

नेपाली टेलिभिजनमा प्रशासरण हुने धेरै अन्तरवार्ताहरुमध्ये ऋषि धमलाले संचालन गर्ने अन्तरवार्तामूलक कार्यक्रम केही पृथक हुन्छ । धमलाको प्रश्न सोध्ने शैली विशेषगरी चर्चामा आइरहन्छ।

 

पछिल्लो समय धमलाले प्राइम टाइम्स टेलिभिजनमा जनता जान्न चाहन्छन् कार्यक्रम संचालन गर्दै आइरहेका छन् । प्रश्न सोध्दा अन्तिममा भनिरहने वाक्यांश जनता जान्न चाहन्छन्लाई नै कार्यक्रमको नाम बनाएका धमलाले सबै अतिथीलाई जनता जान्न चाहन्छन् भनेर प्रश्न सोधी हैरान पार्छन् ।

 

मंगलबारको अन्तरवार्तामा यस्तै हैरानीमा परे नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा । धमलाले हरेक प्रश्नको खास जवाफ खोजेपछि शर्मा पनि धमलामाथि जाइलाग्न बाध्य भए ।

 

कार्यक्रमकाबीच धमलाले सिधा प्रश्नको सिधा जवाफ दिनुस् भन्दै प्रश्न गरेपछि शर्मा धमलामाथि नै हमला गर्न पुगेका हुन् । शर्माले हरेक प्रश्नको सिधा जवाफ हुँदैन भनेपछि धमलाले नेताहरुले सिधा जवाफ दिन सक्नुपर्छ भने । त्यसपछि शर्माले पनि हमला गर्दै भने–ऋषि धमलाजी, तपाईले श्रीमती एलिजालाई पिट्नुहुन्छ कि पिट्नुहुन्न सिधा प्रश्नको सिधा जवाफ दिनुस् ।

 

शर्माको हमलामा परेपछि धमलाले पनि बाँकी राखेनन् र कार्यक्रम थप रोचक बन्यो । केहीबेरको चर्काचर्कीसँगै शर्माले कांग्रेसको जागरण गित गाएर रमाइलो पनि गरे।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...